धरानको विपी प्रतिष्ठान नियम विपरित चलेको भन्दै सरोकारवालाहरुको ध्यानाकर्षण
काठमाडौँ । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विदेशी विद्यार्थीलाई प्राथमिकता दिएर भर्ना लिने तयारी गरेपछि चिकित्सकहरुले उपप्रधान एवंम स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको ध्यानाकर्षण गराएका छन् ।
आज स्वास्थ्यकर्मीका विभिन्न संघसंस्थाले मन्त्री यादवलाई भेटेर विपीका पदाधिकारीहरुले प्रतिष्ठानलाई कमाउने भाडोका रूपमा प्रयोग गर्न खोजेको भन्दैं गल्ती सच्याउन आग्रह गरेका छन् ।
विपी असार ७ मा एमडीमा नयाँ भर्नाका लागि सूचना प्रकाशित गरेको थियो । जसमा नेपाली भन्दा बढी सिट विदेशी विद्यार्थीका लागि छुट्याइएको सूचना सार्वजनिक भए पछि चिकित्सकहरुले असहमति जनाएका हुन् ।
चिकित्सा शिक्षा ऐन अनुसार एक तिहाइमात्रै विदेशी विद्यार्थी भर्ना लिन पाउने प्रावधान रहेको छ । प्रतिष्ठानको नियमावलीमा (दफा ५, क) समेत नेपाली चिकित्सा जगतलाई योगदान पुर्याउने, दक्ष जनशक्ति तयार पार्ने अठोट समेत गरेको विपीले दुवै प्रावधानलाई वेवास्ता गर्दै विदेशी विद्यार्थीलाई प्राथमिकता दिएको हो ।
आज सरकारी चिकित्सकहरुको संख्या (गोदान), युवा चिकित्सक संघ, प्रतिष्ठानकै जुनियर वेलफेयर सोसाइटी लगायत संस्थाले आपत्ति जनाएका हुन् । मन्त्री यादवले विपिलाई पत्रचार गर्ने आश्वासन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएल खेल्न नेपाल आइपुगे ओमानका पूर्वकप्तान जिसन मक्सुद
-
बङ्गलादेशमा इस्कोनमाथि प्रतिबन्धको माग खारेज
-
मदन भण्डारी स्पोर्टस एकेडेमीको वार्षिक खेल कार्यक्रम सार्वजनिक
-
नवनियुक्त लेखामान बोर्ड, लेखापरीक्षणमान बोर्ड अध्यक्ष र अर्थमन्त्रीबिच भेटवार्ता
-
कीर्तिपुरमा चुनावी सरगर्मी : तस्बिरमा कांग्रेस र माओवादीको आमसभा
-
मेगा अक्सनपछि आईपीएलमा सहभागी टोलीहरूको अवस्था