शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धरानको विपी प्रतिष्ठान नियम विपरित चलेको भन्दै सरोकारवालाहरुको ध्यानाकर्षण

सोमबार, ०९ असार २०७६, १५ : ३४
सोमबार, ०९ असार २०७६

काठमाडौँ । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विदेशी विद्यार्थीलाई प्राथमिकता दिएर भर्ना लिने तयारी गरेपछि चिकित्सकहरुले उपप्रधान एवंम स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको ध्यानाकर्षण गराएका छन् । 
  आज स्वास्थ्यकर्मीका विभिन्न संघसंस्थाले मन्त्री यादवलाई भेटेर विपीका पदाधिकारीहरुले प्रतिष्ठानलाई कमाउने भाडोका रूपमा प्रयोग गर्न खोजेको भन्दैं गल्ती सच्याउन आग्रह गरेका छन् । 

 विपी  असार ७ मा एमडीमा नयाँ भर्नाका लागि सूचना प्रकाशित गरेको थियो । जसमा नेपाली भन्दा बढी सिट विदेशी विद्यार्थीका लागि छुट्याइएको सूचना सार्वजनिक भए पछि चिकित्सकहरुले असहमति जनाएका हुन् ।  

चिकित्सा शिक्षा ऐन अनुसार एक तिहाइमात्रै विदेशी विद्यार्थी भर्ना लिन पाउने प्रावधान रहेको छ । प्रतिष्ठानको नियमावलीमा (दफा ५, क) समेत नेपाली चिकित्सा जगतलाई योगदान पुर्याउने, दक्ष जनशक्ति तयार पार्ने अठोट समेत गरेको विपीले दुवै प्रावधानलाई वेवास्ता गर्दै    विदेशी विद्यार्थीलाई प्राथमिकता दिएको हो ।  

आज सरकारी चिकित्सकहरुको संख्या (गोदान), युवा चिकित्सक संघ, प्रतिष्ठानकै जुनियर वेलफेयर सोसाइटी लगायत संस्थाले आपत्ति जनाएका हुन् । मन्त्री यादवले विपिलाई पत्रचार गर्ने आश्वासन दिएका छन् । 


 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप