बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बिरामीका बीचमा चम्किएका विप्लव पुत्र प्रकाश (फोटोफिचर)

सोमबार, ०९ असार २०७६, १४ : ३७
सोमबार, ०९ असार २०७६

बुटवल– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ देशको राजनीतिमा पछिल्लो एक दशक कुनै न कुनै रुपमा चर्चामा आइरहने नेता हुन् । अहिले त झनै उनको चर्चा छ । उनी भूमिगत राजनीतिमा छन् । बाबु भूमिगत भएकै बेला उनका छोरा  प्रकाश चन्दले कपिलवस्तुको शिवगढीमा दुई दिने स्वास्थ्य शिविर राखेका छन् ।

चितवनको भरतपुरमा चिकित्साशास्त्र अध्ययनरत छोरा प्रकाशको संयोजनमा कपिलवस्तुस्थित शिवगढी नपा ३ भगवानपुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा दुई दिने स्वास्थ्य शिविर सञ्चालन भएको छ । जुन शिविरमा उनी निकै खटेका छन् ।

असार ७ र ८ गते २ दिनसम्म चलेको स्वास्थ शिविरमा गाईनो, बालरोग, हाडजोर्नी, छाला तथा यौनरोग, नाक, कान तथा घाँटी, प्रयोगशाला लगायतका विभागहरुबाट बिरामी जाँच गरिएको थियो, पहिलो दिन १ हजार ५० जना बिरामी स्वास्थ जाँचका लागि आएका थिए भने दोस्रो दिन १२ सय जना बिरामीले स्वास्थ्य जाँच गरेको पार्टी निकटका पत्रकार प्रकाश डुम्रेले रातोपाटीलाई जानकारी दिए ।
स्वास्थ्य शिविरको आयोजना सहिद स्मृति प्रतिष्ठान कपिलवस्तुले गरेको हो । जसको व्यवस्थापन विप्लवका छोरा प्रकाशले गरेका हुन् । जहाँ २ हजारभन्दा बढी विरामीको परीक्षण गरि निःशुल्क औषधी प्रदान गरिएको छ । 

विप्लवको गाउँमा स्वास्थ्य शिविर

मिनि रोल्पा पनि भनेर चिनिने कपिलवस्तुको शिवराजगढीमा नेत्रविक्र्रम चन्दको गाउँ हो । जहाँ उनका ३ दाजुभाई रहेका छन् । नेत्रविक्रम चन्दकी आमा लगायतका परिवार पनि त्यही बस्ने गर्दछिन् । विप्लवका ३ दाजुभाइनै राजनीतिमा सक्रिय छन् ।

जेठो दाइ चन्द्रबहादुर चन्द ‘वीरंजङ्ग’ सोही पार्टीका पोलिट्ब्यूरो सदस्य हुन् भने माईलो दाई जयन्द्र चन्द्र पार्टी सम्बद्ध खेलकुद महासंघका अध्यक्ष छन् । त्यहि ठाउँमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा दुई दिने स्वास्थ्य शिविर राखिएको थियो । जहाँ केही समयअघि प्रहरीले सर्च अपरेशन चलाउँदा एक जनालाई गोली लागेको थियो । स्वास्थ्य शिविर भने नेकपा निकट  अखिल जनस्वास्थ्यकर्मी महासंघले व्यवस्थापन गरेको थियो ।

संयोग त के भने कपिलवस्तुमै रहेर पनि अविकसित जस्तै रहेको शिवगढी नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको गाउँ भएका कारणले कार्यक्रममा विप्लवकै पुत्र प्रकाशको बिशेष भूमिका भएकोे एक स्थानीयले रातोपाटीलाई बताए । प्रकाश जनस्वास्थ्यकर्मी महासंघका महासचिव रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप