शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एक सातामा २८ अर्ब बजेट खर्च, पुँजीगत खर्चको अवस्था निराशाजनक

सोमबार, ०९ असार २०७६, १३ : ३९
सोमबार, ०९ असार २०७६

काठमाडौं–एक सातामा २८ अर्ब रुपैयाँ भन्दा बढी बजेट खर्च भएको छ । असार महिना लागेपछि २८ अर्ब ८९ करोड ४१ लाख रुपैयाँ बजेट खर्च भएको हो । यो असार १ गतेदेखि  ८ गतेसम्मको बजेट खर्चको विवरण हो ।
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकलाई आधार मान्ने हो भने चालु आर्थिक बर्षको असार ८ गतेसम्म ६४.९० प्रतिशत बजेट खर्च भएको छ । 

चालु आर्थिक वर्ष  सकिन २३ दिन बाँकी रहँदा बजेट  खर्च ६४.९० प्रतिशत मात्र भएको हो ।  हालसम्म ८ खर्ब ५७ अर्ब ९४ करोड रुपैयाँ खर्च भएको महालेखाले जनाएको छ । 

 १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट पेश गरेको सरकारले यसपटक पनि बजेट खर्च समयमै गर्न सकेन । यद्यपि, पछिल्लो चौमासिकमा बजेट खर्च तिब्र हुने प्रवृत्तिले यसपटक पनि निरन्तरता भने पायो ।

हरेक वर्षजस्तै यसपटक पनि पुँजीगत खर्चको अवस्था निराशाजनक देखिएको छ ।

 हालसम्म पुँजीगत खर्च ४९.९४ प्रतिशत भएको छ । सरकारले चालु वर्षका लागि पुँजीगत तर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख रुपैयाँ छुट्याएको थियो । 

यसमा १ खर्ब ५७ अर्ब ७३ करोड रुपैयाँ पुँजीगत खर्च भएको छ । अब १ खर्ब ५६ लाख २६ हजार रुपैयाँ खर्च गर्न बाँकी छ । 

यदि सरकारले यो खर्च गर्ने हो भने दैनिक ६ अर्ब ७९ करोड ३९ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । पुँजीगत खर्च (विकास खर्च) समयमै प्रभावकारी गर्न नसक्दा विकासका मामलामा देश पछि परेको विज्ञहरु बताउँछन् ।

 अर्थमन्त्री डा. युवराज खतिवडाले पनि विकास खर्च हुन नसक्ने परम्पराले यस पटक पनि निरन्तरता पाएको स्वीकार्छन् । 

उनले पटक पटक सार्वजनिक फोरममै पनि पुँजीगत खर्च गर्न चुकेको भन्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप