शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली चेली प्रतिष्ठा मिस इङ्ल्याण्डको फाइनलमा

सोमबार, ०९ असार २०७६, १३ : ३६
सोमबार, ०९ असार २०७६

नेपाली चेली प्रतिष्ठा ‘तृष’ राउत बेलायतको सौन्दर्य प्रतियोगिता ‘मिस इङल्याण्ड’ को फाइनलमा प्रवेश गरेकी छिन् । 

बेलायत अल्डरसट निवासी २६ वर्षीया प्रतिष्ठा सेमिफाइनलबाट अन्तिम प्रतिस्पर्धाका लागि ४० मध्ये बाट छानिएकी हुन् । उनी फोटो हिट चरण पार गरेर सेमिफाइनल पुगेकी थिइन् ।

प्रतिस्पर्धामा भाग लिन करिरब २० हजारले आवेदन दिएका थिए । सेमिफाइनलमा इको ड्रेस राउण्ड, लिटल ब्ल्याक ड्रेस राउण्ड र ब्यूटि सवथ पर्पोज गरि तीन  राउण्ड भएको थियो । पब्लिक भोटले उनलाई पब्लिसिटी क्वीन उपाधि दिलाएको छ ।

मिस इङ्ल्याण्डको ग्रान्ड फिनाले ३१ जुलाई र १ अगस्टमा हुने प्रतिष्ठाको इन्स्टाग्राम पेजमा बताइएको छ ।

उनको परिचय भिडियो युट्युबमा चार दिनअघि सार्वजनिक गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप