बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर ५ योजना आयोगको उपाध्यक्षमा डा गौतम नियुक्त

सोमबार, ०९ असार २०७६, १२ : ३२
सोमबार, ०९ असार २०७६

बुटवल–पाँच नम्बर प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. इश्वर गौतम नियुक्त भएका छन् । 

 मन्त्रिपरिषदको आज बसेको बैठकले बुटवलको लुम्बिनी बाणिज्य क्यपासका पूर्वप्रमुख गौतमलाई उपाध्यक्षमा नियुक्त गरेको हो । 

मन्त्रिपरिषद बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता तथा भौतिक योजना विकासमन्त्री बैजनाथ चौधरीले  जेठ १४ गते दिएका डा. प्रकाश श्रेष्ठको राजीनामा स्वीकृत गर्दे उपाध्यक्षमा बुटवल निवासी डा. ईश्वर गौतमलाई  नियुक्ती गरिएको जानकारी दिए । 

बुटवल निवासी गौतम अर्थशास्थको बिज्ञको रुपमा परिचत रहेका छन् । यसअघिका उपाध्यक्ष डा. क्षेष्ठले राजीनामा दिएर राष्ट्र बैकको जागीरमा फर्किएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप