पौडेल मृत्यु प्रकरणः एक साता भित्र छानबिन प्रतिवेदन बुझाउन
काठमाडौं–संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानवीन गरी एक साता भित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिले सोमबार गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग छलफल गरेपछि पौडेल मारिएको सो घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानवीन गरी एक साता भित्र समितिमा प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।
सो घटनाको सत्यतथ्य बाहिर ल्याउनेगरी छानवीन गरेर समितिलाई एक साता भित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।
बैठकमा समितिका सदस्यहरुले सरकारले मुडभेडमा नभई चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेललाई हत्या गरेको दावी गर्दै सत्यतथ्य तत्काल बाहिर ल्याउन माग गरेका थिए ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतसँगको खुला सिमानाका कारण नेपाल सधैँ चेपुवामा भट्टराई
-
कराँचीमा जापानी नागरिकको कारमा आत्मघाती आक्रमण, २ जनाको मृत्यु
-
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
-
इरानले इजरायलमाथि आक्रमण गरेपछि बढ्यो तेलको भाउ, सुनको मूल्यमा पनि कीर्तिमान
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको प्रश्न– यामलालजीले जे भन्यो त्यही हामीले मान्नुपर्ने ?
-
तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र