शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्रीलाई छाँया गृहमन्त्रीको प्रश्न : विप्लव समूहसँग संवादका लागि कुन बाटो रोजिँदैछ ?

सोमबार, ०९ असार २०७६, १२ : १३
सोमबार, ०९ असार २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसद्वारा गठित छाँया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडूले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु प्रकारणबारे संसदलाई जानकारी गराउन माग गरेको छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा  छाँया मन्त्री बडूले स्थानीय र छापाहरुमा पौडेललाइ नियन्त्रणमा लिएपछि मारिएको खबर आएको बताएका हुन् । 

उनले भने, ‘यही असार ५ गते सर्लाहीको लागबन्दी जंगलमा दोहोरो भिडन्तमा भनेर मारिएका कुमार पौडेललाई नियन्त्रणमा लिएपछि मारिएको भन्ने कुरा स्थानीय तहबाट र छापाहरुमा प्रयाप्त आएको छ । यसको यर्थात के हो ? यसको छानबिन गरेरसंसदमा जानकारी  गराइओस् ।’

साथै छाँया गृहमन्त्री बडूले विप्लव समूहलाई मलधारमा ल्याउन कुन बाटो खोजिँदै छ भनेर जानकारी गराउन माग गरे । ‘गृहमन्त्री ज्युले कही दिन अगाडि संसदमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै आन्दोलन तर विप्लव समूहको हेडक्वार्टरसहित चार वटा कम्पनी बनिसकेको अवस्था जानकारी गराउनुभयो,’ उनले भने,‘यो अवस्थामा सरकार कुन रुपमा बोटा खोज्दैछ । यसको जानकारी चाहियो । वार्ता र संवादबाट विप्लव समूहलाई मुलधारमा ल्याउने कार्यमा ढिलोभइरहेको हामीले महसुश गरिरहेका छौँ।’

बिहीबार प्रहरी र विप्लव कार्यकर्ताबीच भिडन्त हुँदा विप्लवका सर्लाही जिल्ला इन्चार्ज पौडेलको लालबन्दी–१ लखन्ती खोलामा प्रहरीको गोली लागेर मृत्यु भएको प्रहरीको दाबी छ । तर विप्लव समूहले भने नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको दाबी गरेको छ ।

यस्तै सांसद डा. डिला संग्रौलाले युवतीमाथि हुने गरेको सिरिन्ज आक्रमणबार सरकारको ध्यानाकर्षण गराएकी छन् । 

उनले भनिन्, ‘पछिल्लो केही दिन यता किशोरी लक्षित सिरिन्ज आक्रमणका घटनाहरु बढ्दै गएका छन् । दुई हप्तामा काठमाडौं उपत्यकामा ४ जना किशोरीमाथि अज्ञात समूहले सिरिन्ज आक्रमण गरि भगेको पाइन्छ । सिरिन्ज आक्रमणमा परेका युवतीहरु अहिले पनि उपचारमा छ । उनीहरुलाई एजआइभी एडलगायतका सरुवा रोग संक्रमण छ कि भनेर उनीहरु त्रसित छन् । यस्ता घटनालाइ रोक्नु पर्छ, सम्बन्धि व्यक्तिलाई कारबाही गर्नु पर्छ । यता तर्फ सरकारको ध्यान जाओस् ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप