कतारलाई हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा
लियोनल मेस्सीको अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा कतारलाई २–० गोलले हराउँदै अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्थान बनाएको हो । समूह ‘बी’ मा रहेको अर्जेन्टिना समूह उपविजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।
अर्जेन्टिनाले चौथो मिनेटमा सुरुवाती अग्रता लिएको थियो । लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको उत्साह बढाएका थिए । लौटारोले कतारका रक्षकको गल्तीमा पोस्ट नजिकबाट गोल गरे । ८२औं मिनेटमा सर्जियो एग्युरोले गोल गर्दै अर्जेन्टिनाको जित पक्का बनाएका थिए । सर्जियोले पाउलो डिबालाको पासमा उत्कृष्ट गोल गरेका थिए । सन् २०२२ को विश्वकप आयोजक एसियाली टोली कतारलाई आमन्त्रण टोलीको रुपमा कोपामा सहभागी गराईएको हो । मैदानमा अर्जेन्टिनालाई कडा टक्कर दिएपनि कतारले गोल फर्काउन भने सकेन ।
यसैगरी सोमबार बिहानै भएको समूहको अर्को खेलमा कोलोम्बियाले पाराग्वेलाई १–० गोलले हरायो । कोलोम्बियाको जितमा गुस्ताभो क्वेलारले ३१औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बनेको थियो । लगातार तेस्रो जित हात पारेको कोलम्बिया समूह विजेता बन्यो । कोलम्बियाले नौ अंक बनायो । उपविजेता अर्जेन्टिना चार अंक सहित दोस्रो स्थानमा रह्यो । दुई अंक बनाएको पाराग्वे तेस्रो स्थानमा रह्यो । एक अंकमा सिमित कतार पुछारमा रहँदै कोपाबाट बाहिरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा पाँच घर जले
-
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री
-
माओवादीबाट रणसिं परियार मन्त्री बन्दै, बाँकी मुख्यमन्त्रीको विश्वासको मत पछि
-
बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति
-
जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
-
बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ