मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पर्वतमा जीप दुर्घटनाः  दुईको मृत्यु

आइतबार, ०८ असार २०७६, २० : २६
आइतबार, ०८ असार २०७६

पर्वत । महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा आज साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

लुंखुदेउरालीदेखि वडा नं ३ बालाकोटतर्फ जाँदै गरेको ग १ च ७१२८ नम्बरको जीप देउराली बजार नजिकै दुर्घटना हुँदा बालाकोटका अन्दाजी ५० वर्षीय कृष्ण गुरुङ र सनाखत नभएका एक अर्का व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते चार जनामध्ये दुईलाई थप उपचारका लागि पोखरा पठाइएको छ भने दुईको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

दुर्घटनाको कारण बारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा पर्ने सबै राष्ट्रिय वाणिज्य बैंकको लुंखु शाखामा काम सकेर फर्किदै गरेका बताइएको छ । 

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप