बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरबाट जुवातास खेल्ने १३ जना पक्राउ

आइतबार, ०८ असार २०७६, २० : १०
आइतबार, ०८ असार २०७६

प्रहरीले सूर्यविनायक नगरपालिका–५ सल्लाघारीबाट जुवातास खेलिरहेको अवस्थामा तेह्र जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनीहरुलाई रु छ लाख एक हजारसहित पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार पक्राउ परेको १३ जना विरुद्ध आजै मुद्दा चलाएर कारवाही प्रक्रिया अगाडि बढाइएको छ । 
 
शव फेला

भक्तपुर नगरपालिका–१० कमलविनायकमा उपेन्द्र ढकालको घरमा डेरागरी बस्दै आएका ४५ वर्षीय राजकुमार थापाको आज शव भेटिएको छ । थापा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् । 

ठेगाना खुल्न नसकेका थापाको शव परीक्षणका लागि भक्तपुर अस्पताल लगिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप