शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फेसबुकमार्फत चिनजान : विवाह गर्छु भन्दै शारीरिक सम्पर्क, त्यसपछि...

आइतबार, ०८ असार २०७६, १७ : ०५
आइतबार, ०८ असार २०७६

ललितपुर । फेसबुकमार्फत चिनजान भएर विवाह गर्छु भन्दै शारीरिक सम्पर्क राखेर एक किशोरीलाई गर्भवती बनाएर छाड्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घर भएका विजय तामाङ रहेका छन् ।

०७५ मंसिर ७ गते तामाङले १७ वर्षीया किशोरी (नाम परिवर्तन) आरलाई विभिन्न प्रलोभनमा पारेर कोठामा लगी जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको महानगरीय प्रहरी वृत्त सातादोबाटका प्रमुख गौतम मिश्रले जानकारी दिए ।

आरलाई शारीरिक सम्बन्ध राख्न लगाएर लगत्तै फरार भएका तामाङलाई सातदोबाटो प्रहरीले लुकिछिपी बसेको अवस्थामा गोदावरी नगरपालिका–४ ठैबुबाट पक्राउ गरिएको डीएसपी मिश्रले बताए । 

तामाङले यसअघि पनि एक युवतीलाई विवाह गर्छु भनेर शारीरिक सम्बन्ध राखेर फरार भएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । हालैपनि कोठामा एक युवतीलाई विवाह गर्छु भन्दै तामाङले ल्याएर राखेको पाइएको छ । 

पक्राउ परेका तामाङलाई जिल्ला अदालत ललितपुरबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप