बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नयाँ टाटा टियागो एक्सजेड प्लस नेपालमा, स्ट्याण्डर्ड वारेन्टीको सुविधा

आइतबार, ०८ असार २०७६, १६ : ५३
आइतबार, ०८ असार २०७६

काठमाडौं– अटोमोबाइल ब्राण्ड टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ । रेभोट्रोन १.२ लिटर पेट्रोल सिलिन्डर इन्जिन जडित टाटा टियागोको भेरियन्टहरू आकर्षक, झञ्झटरहित र डिजाइनका हिसाबले परिवर्तनकारी छ ।

टाटा टियागो गाडीको भित्रको भाग वा इन्टेरियरमा स्पेशको एकदमै बुद्धिमानीपूर्वक प्रयोग गरिएको छ जसमा एन्ड्रोइड अटो र नेभिगेसनसहितको हर्मनको आकर्षक ७ ईन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ । बाहिरी भागमा भएको १८० एमएम ग्राउन्ड क्र्लीयरेन्सले अप्ठेरो बाटोमा पनि सहज यात्राको अनुभव गराउँछ ।

बिल्कुलै नयाँ स्पोर्टी १५ ईन्च डुअल टोन एलोय पांग्राहरूले गाडीको आकर्षण बढाएको छ । अन्य रोचक विशेषताहरूमा इलेक्ट्रिकोल्ली एडजस्ट गर्न र फोल्ड गर्न मिल्ने ओआरभिएम, प्रोजेक्टर हेडल्याम्प, फ्रन्ट ग्रिलमा क्रोम्ड स्ट्रीप भएको, रियर हाई माउण्ट स्टप ल्याम्प र स्टाम्पसहित इन्टिग्रेटेड स्पोइलरले बजारमा यसलाई बिल्कुलै भिन्न बनाएको छ ।

टाटा टियागो एक्सजेड प्लसमा ई–मोबीलाइजर, डुअल फ्रन्ट एअर ब्यागहरू, अधिकतम यात्रु सुरक्षाका लागि इबीडीसहितको एबीयस  जस्ता उच्चतम प्राविधिक विशेषताहरू रहेका छन् । त्यसैगरी आरामदायी यात्राको सुनिश्चितता गर्न भेरियन्टहरूमा मल्टीड्राइभ मोडहरू, इलेक्ट्रिक पावर स्टेरिङ तथा एकीकृत रियर नेक रेस्ट जस्ता विशेषताहरू रहेका छन् ।

टाटा मोटर्सका प्यासेन्जर भेइकल्स, इन्टरनेश्नल बिजनेसका प्रमुख सुजन रोय भन्छन्, ‘इम्प्याक्ट डिजाइन अन्तर्गत सार्वजनिक गरिएको हाम्रो पहिलो उत्पादन टियागो सन् २०१६ मा सार्वजनिक भएदेखि नै आकर्षक, नवीन र विशेषताहरुले भरिपूर्ण कारका रूपमा अग्रस्थानमा छ । उच्च कार्यक्षमता, उच्च प्राविधिक विशेषताहरू र अग्राणी ड्राइभिङ डायनामिक्सका कारण टियागो एक्सई, एक्सएम तथा एक्सजेड प्लसले अहिलेको समयका ग्राहकहरूको बदलिँदो चाहना र आकंक्षालाई सम्बोधन गर्दछ।’

सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘नयाँ टाटा टियागो एक्सजेड प्लस बजारमा सार्वजनिक गरिएसँगै हामी हाम्रा ग्राहकहरूलाई विभिन्न उत्कृष्ट विकल्पहरू प्रदान गर्न पाएकोमा एकदमै खुसी छौँ। यो नयाँ उत्पादनसँगै नेपाली बजारमा हामी हाम्रो उपस्थिति बलियो बनाउनतर्फ केन्द्रित छौं ।’

टाटा टियागो भेरियन्टहरू ६ आकर्षक रंगहरू कपर ड्याजल, एस्प्रेसो ब्राउन, पर्ललेसेन्ट ह्वाईट, प्लेटिनियम सिल्भर, स्टाइकर ब्लु र बेरी रेडमा उपलब्ध छन् । स्ट्याण्डर्ड वारेन्टी पनि रहेको छ, चार वर्ष वा ७५ हजार किलोमिटर जुन पहिला आउँछ साथै थप मिल्ने सुविधा पनि रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप