शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वमन्त्री डीआर पौडेलको स्मृतिमा सिड्नीमा शोकसभा

आइतबार, ०८ असार २०७६, १६ : ३९
आइतबार, ०८ असार २०७६

सिड्नी – पूर्वमन्त्री तथा नेकपाका दिवंगत नेता धनीराम (डीआर) पौडेलको स्मृतिमा सिड्नीमा आइतबार बिहान शोकसभा आयोजना गरिएको छ । 

पौडेलका शुभचिन्तकहरुले उनको सम्झनामा ५३ वटा मैनबत्ती बालेर सेतो गुलाबका थुंगाहरु अर्पण गरेका थिए । 

 शोकसभामा सहभागि नेकपा नेता  युबराज चौलागाईँले पूर्वविद्यार्थी नेता समेत रहेका डी आर पौडेल नेपाली राजनीतिका इमान्दार , सरल तथा अध्ययनशील नेता भएको स्मरण गरे । 

उनको समाज परिवर्तनप्रतिको प्रतिबद्दता सिक्न लायक कुरा रहेको पनि उनले बताए । 

सो अवसरमा प्रस्तावित प्रवासी नेपाली एकता मंचका नेता शेषमणि शर्माले उनी एक असल र  जनता प्रतिप्रतिवद्द नेता भएको बताए । 

सोहि संगठनका अर्का नेता रमेश पाण्डेले उनको निधनबाट नेपालको बाम आन्दोलनलाई अपूरणीय क्षति भएको बताए । 

सिड्नीका सामाजिक अगुवा प्रविन कँडेलले उनीसँग आन्दोलनका काममा आफूले सँगै बिताएका क्षणको स्मरण गरे । 

उक्त कार्यक्रमा सिड्नीका स्थानीय व्यवसायी संजीव शर्मा, गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सदस्य दीपक भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

पौडेलको गत जेठ ३१ गते हृदयघातका कारण चितवनस्थित निवासमै निधन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप