बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नाइजेरियामा बोको हराम समूहमाथि सैनिक कारबाही, ४२ जना मारिए

आइतबार, ०८ असार २०७६, १६ : २३
आइतबार, ०८ असार २०७६

अबुजा– नाइजेरियाली सेनाले पछिल्लो सैनिक कारबाहीमा कम्तीमा ४२ जना बोको हरामका लडाकू मारिएको जनाएको छ । बहुर्राष्ट्रिय संयुक्त सैनिक कार्यदलले नाइजेरियाको लेक चाड इलाकामा शुक्रबार बोको हराम विरुद्ध संयुक्त कारबाही गरेको थियो । नाइजेरियाली सैनिक प्रवक्ता टिमोथी एन्टीघाले बोको हराम लडाकू विरुद्ध जमिन र समुद्रबाट भिषण कारबाही गरिएको जानकारी दिए ।

उक्त सैन्य कारबाही लेक चाडको डोरोन नाइरा द्वीपका साथै नाइजेरियाको उत्तरपूर्वी बोर्नोका क्रस कउवा र बागामा केन्द्रित थियो । बहुर्राष्ट्रिय सेनामा नाइजेरिया, चाड, क्यामरुन, नाइजर र बेनिनका सेनाको सहभागिता थियो ।

सैनिक कारबाहीका क्रममा एक जना सेनाको पनि मृत्यु हुनुका साथै दश जना सैनिक घाइते भएका छन् । भिडन्तमा बोको हरामका दुई वटा बन्दुक–जडित ट्रक र तीन वटा मोटरसाइकल ध्वस्त पारिएका थिए । त्यस्तै, दुई वटा हलुका मेसिन गन र दुई वटा एके–४७ राइफल पनि बरामद भएका छन् ।

बोको हरामले सन् २००९ देखि उत्तरपूर्वी नाइजेरियामा अलग्ग इस्लामिक राज्य स्थापनाका लागि सशस्त्र संघर्ष गरिररहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप