शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेशको नाम अन्तिम चरणमा: मुख्यमन्त्री राई

आइतबार, ०८ असार २०७६, १३ : ०२
आइतबार, ०८ असार २०७६

उदयपुर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नाम केही दिनभित्रै सहमतिबाट टुङ्ग्याउने बताएका छन् । प्रेस सङ्गठन उदयपुरले आज बिहान उदयपुरको गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईले प्रदेश १ को नाम सहमतिबाट टुङ्ग्याउने अन्तिम चरणमा पुगेको बताएका छन् ।

प्रदेशको नाम किरात, कोशी किरात, सगरमाथा, कोशी सगरमाथा प्रदेशलगायतका विकल्पको विषयमा छलफल भएको बताउँदै उनले भने, ‘‘असारको दोस्रो हप्ताभित्र टुङ्गो लगाइसक्छौँ । प्रदेश नं १ को राजधानी विराटनगर राख्ने विषय सबैको सहमतिले पारित भए झैँ प्रदेशको नाम पनि सर्वसम्मत पारित गरिनेछ ।’

कृषिबाटै प्रदेशका जनताको समृद्धि गर्नका लागि प्रदेश नं १ सरकारले ६० प्रतिशतभन्दा बढी आर्थिक योजना कृषिमा जोड दिएको मुख्यमन्त्री राईले बताए । अहिले सङ्घीयता र गणतन्त्रमाथि चारैतिरबाट प्रहार हुन शुरु गरेको र वर्तमान सङ्घीय सरकार तथा प्रदेश सरकारलाई असफल बनाउन बाह्य तथा भित्री शक्तिहरुसमेत लागिपरेको कारण प्रजातान्त्रिक र गणतान्त्रिक शक्ति एकजुट हुनु पर्नेमा उनले जोड दिए । 

प्रेस सङ्गठन उदयपुरका अध्यक्ष तुलसी कोइरालाको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा प्रदेश नं १ का सांसद विमल कार्की, अम्बिका थापासहित त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी पनि उपस्थित रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप