मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

आइतबार, ०८ असार २०७६, १२ : ४७
आइतबार, ०८ असार २०७६

कैलाली–धनगढी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका-१५ उर्मागाउँ बस्नेहरु २५ वर्षीय फट्टुलाल चौधरी, २३ वर्षीय बिजय चौधरी र सोही उपमहानगरपालिका-७ मनेहरा बस्ने २५ वर्षीय झगरु चौधरी रहेका छन् । 

बालिकालाई फकाएर से.१ प ३०७४ नम्बरको मोटरसाइकलमा जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।  

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप