शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्सको सोलिडारिटी फेस्टिभलमा नेपालका मिस मंगोल

आइतबार, ०८ असार २०७६, १० : ४३
आइतबार, ०८ असार २०७६

काठमाडौं – विश्वका विभिन्न मुलुक बीच मौलिक संस्कृती एवं संगीत आदनप्रदान गर्न फ्रान्समा आयोजित ‘इन्टरनेशनल सोलिडारिटी फेस्टिभल–२०१९’मा मिस मंगोल नेपाल जाङमु इन शेर्पा सहभागी भएकी छन् । 

फ्रान्स, पोल्याण्ड, रोमानिया, युक्रेन, कोलम्बिया, स्पेन लगायतकबा देशको प्रतिनिधित्व रहेको फेस्टिभलमा नेपाले पनि सहभागीता जनाएको छ । ‘महोत्सवमा नेपालको प्रस्तुतीलाई विश्वभरका सहभागीले प्रशंसा गरेको छ’, जाङमुले भनिन्, ‘यो मेरो लागिमात्र नभएर नेपाल र नेपालीका लागि गौरवको विषय हो ।’

जुन १४ देखि २१ सम्म फ्रान्सको टौलसमा भएको महोत्सवमा जाङमुले गुरुङ जातिको मौलिक पहिरनमा ‘सुन्दर मेरो देश’ बोलको राष्ट्रिय भावको गीतमा नृत्य गरेकी थिइन् । दिवस गिरीको कोरियोग्राफीमा नृत्य गरेकी उनलाई विश्वमा अन्य मुलुकका सहभागीले प्रशंसा गरेका थिए । 

‘देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय मञ्चमा उभिन पाउँदा गौरव महसुस भएको छ’, जाङमुले भनिन् ।

मिस मंगोल नेपाल–२०१८ को उपाधि जितेपछि जाङमु सामाजिक काममा पनि व्यस्त छिन् । फ्रान्सपछि जुन २२ देखि २४ सम्म पोर्चुगल, जुन २५ देखि २९ सम्म बेल्जियमका विभिन्न शहरमा मिस मंगोल छात्रवृत्ति कोषका लागि आयोजित कार्यक्रममा सहभागी हुने छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप