शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सात वर्षअघि आजकै दिन बर्बाद भएको थियो मेरो जिन्दगीः अनुराग कश्यप

आइतबार, ०८ असार २०७६, १० : २०
आइतबार, ०८ असार २०७६

अनुराग कश्यपको फिल्म ग्यांग्स अफ वासेपुर रिलिज भएको सात वर्ष पूरा भएको छ । उनले यो मौकामा एक विशेष ट्वीट पनि गरेका छन् । यो ट्वीटमा अनुरागले आफ्नो साढे साती चाँडै नै समाप्त होस् भन्दै कामना पनि गरेका छन् । स्मरण रहोस्, अनुराग कश्यको यो फिल्मले कल्ट फिल्मको दर्जा हाँसिल गरेको थियो ।

ग्यांग्स अफ वासेपुर रिलिज भएको सात वर्षपछि अनुराग कश्यपले सोसल मिडियामा लेखे, ‘आज कै दिन सात वर्ष पहिले मेरो जीवन बर्बाद भएको थियो । अब मानिसहरु मलाई एकै प्रकारको काम र एकै खालका फिल्म बनाउनका लागि भनिरहेका छन् ।’

आफ्नो ट्वीटरमा अनुराग कश्यप लेख्छन्, ‘म आशा गर्छु कि सन् २०१९ मा मेरो साढे साती समाप्त होस् । म पछिल्ला थुप्रै वर्षदेखि यी अपेक्षासँग लड्नका लागि विफल प्रयास गरिरहेको छु ।’

वास्तविक जीवनको कहानीमा आधारित ग्यांग्स अफ वासेपुर दर्शकलाई निकै मनपरेको थियो र ओपनिंग विकेन्डमा नै फिल्मले १० करोड बढीको कारोबार गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप