शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एकपटक पुनः यस फिल्ममा देखिनेछ आमिर खान र करिना कपुरको जोडी

आइतबार, ०८ असार २०७६, ०९ : ५८
आइतबार, ०८ असार २०७६

फिल्म लाल सिंह चड्डामा आमिर खानको अपोजिट करिना कपुर मुख्य भूमिकामा देखिनेछिन् । यो जोडी तेस्रो पटक सिल्भर स्क्रिनमा देखिन लागेको हो । यसअघि यो जोडीले थ्री इडियट्स र तलाशमा सँगै काम गरेको थियो । फिल्म क्रिटिक तरण आदर्शले ट्वीटरमा यसको पुष्टि गरेका हुन् ।

आमिरको पहिलो रोजाई थिइन् करिनाः

आमिर यो भूमिकाका लागि करिनालाई पहिले देखि नै फिट मानिरहेका थिए । मिड डेको रिपोर्ट अनुसार आमिरलाई लाग्छ कि जोडीबीचको केमेस्ट्री निकै सहज हुन आवश्यक छ त्यसकारण आमिरलाई आफ्नो र करिनाबीचको तालमेल राम्रोसँग मिल्छजस्तो लाग्छ ।

दुई प्रोजेक्टमा व्यस्त छिन् करिनाः

करिना अहिले लण्डनमा अंग्रेजी मिडियमको सुटिङमा व्यस्त छन् । यसबाहेक उनी डान्स रियालिटी शो डान्स इन्डिया डान्स सिजनमा पनि जजको रुपमा देखिनेछिन् । यी दुई प्रोजेक्टबाट थोरै फुर्सद निकालेपछि उनी आमिरको फिल्मका लागि समय निकाल्ने बताएकी छिन् ।

फिल्मका लागि घटाइन् २० किलो तौलः

लाल सिंह चड्ढाको घोषणा आमिरले आफ्नै जन्मदिनको अवसरमा गरेका थिए । त्यतिबेला उनले फिल्मका लागि २० किलो तौल घटाएको पनि जानकारी दिएका थिए । यो हलिउड फिल्म फरेस्ट गम्पमा आधारित छ । यसको कहानी अतुल कुलकर्णीले लेखेका हुन् । फिल्मको अद्वेत चन्दनले निर्देशन गरिरहेका छन् भने आमिर खानले निर्माण गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप