लेखिकाको आरोप, ‘ट्रम्पले स्टोरको ड्रेसिङ रुममा यौन शोषण गरेका थिए,’ राष्ट्रपतिले दिए यस्तो जवाफ
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि एक फेशन म्यागजिनकी स्तम्भकारले यौन शोषणको आरोप लगाएकी छिन् । पीडित ई.जेन क्यारोल एल्ले फेशन म्यागजिनका लागि काम गर्छिन् ।
क्यारोलका अनुसार ट्रम्पले दुई दशकअघि न्यूयोर्कको एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा यौन शौषण गरेका थिए । यद्यपि, ट्रम्पले यी आरोप खारेज गरेका छन् । उनले क्यारोलसँग कहिले पनि भेट नभएको बताएका छन् ।
क्यारोलले यौन शोषणको उक्त घटना सन् १९९५ को अन्त्य र १९९६ को सुरुवातमा बर्गडोर्फ गुडम्यान डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रुममा भएको जानकारी दिइन् ।
क्यारोलका अनुसार उनीहरु यसअघि पनि भेटिसकेका थिए र एकदिन महिला साथीका लागि उपहार किन्न सहयोग गरिदिन आग्रह गरेपछि उक्त डिपार्टमेन्ट स्टोरमा पुगेको उनले बताइन् ।
त्यतिबेला ५२ वर्षकी क्यारोलले उपहार किन्दै गर्दा ट्रम्पले उनलाई भित्री वस्त्र लगाउन दबाब दिएको र उनलाई पाखुरामा समातेर ड्रेसिङ रुमतिर लगेको दाबी गरिन् ।
‘ड्रेसिङ रुमको ढोका लगाएपछि उनी ममाथि जाइलागे, मलाई भित्तातिर धकेले । त्यतिबेला मेरो टाउको नराम्रोसँग ठोक्कियो र उनले जबरजस्ती आफ्नो मुख मेरो ओठमा राखे,’ क्यारोलले आरोप लगाइन् । ‘म चकित भएँ, उनलाई बेस्सरी धकेलेँ । उनले पुनः मेरो हात समातेर भित्तातिर धकेले । त्यसपछि उनले मेरो कोटमुनी हात पुर्याए र मेरो लेगिंग तल सार्न थाले ।’
“I made a list of hideous men in my life. It includes the president — who assaulted me in the dressing room of Bergdorf Goodman 23 years ago” https://t.co/4nvDE0pV0h
— New York Magazine (@NYMag) June 21, 2019
क्यारोल थप्छिन्, ‘त्यसको केही क्षणमा नै सर्ट, टाइ, सुट ज्याकेट, ओभरकोट लगाएर चट्ट परेका यापारी आफ्नो ओभरकोट फुकाल्छन्, पाइन्टको चेन खोल्छन्, आफ्नो औंलालाई मेरो गुप्ताङ्ग वरिपरि दौडाउँछन् र आफ्नो यौनाङ्ग–आधा वा पूर्ण, म निश्चित छैन– मभित्र प्रवेश गराउँछन् ।’
यद्यपि, उनले आफूमाथिको उक्त आक्रमणलाई बलात्कार भन्न नरुचाउने जानकारी दिएकी छिन् ।
‘यौन हिंसा निकै भयानक कुरा हो । मेरो सवालमा म यो शब्द प्रयोग गर्न चाहन्नँ किनभने यदि मैले यस्तो गरेँ भने यो ती महिलाका लागि अपमान हुनेछ जो प्रत्येक दिन यौन हिंसाको शिकार हुन्छन् तर यसबाट निस्कनका लागि शक्ति जुटाउन सक्दैनन्, ’ क्यारोलले भनिन् । ‘तर, त्यो पक्कै पनि आक्रमण थियो । हो, त्यो मेरो इच्छा विपरित थियो । हो, त्यसले पीडा दिएको छ । तर म आफूलाई जवान, बालबच्चा भएका र जीवनमा धेरै पटक यौनहिंसा खेपेका महिलाको श्रेणीमा राख्न चाहन्नँ ।’
ट्रम्पले भने, ‘यो किताब फिक्सन सेक्सनमा बेचिनुपर्छ’
यो पूरा घटनाक्रमको खुलासा क्यारोलको हालै प्रकाशित किताबमा भएको हो । न्यूयोर्क म्यागजिनले यसबारे शुक्रबार लेख प्रकाशित गर्यो । क्यारोल १६ औं महिला हुन्, जसले ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप लगाएका छन् । क्यारोलको आरोपमा ट्रम्पले भने, ‘मैले जीवनमा कहिले पनि यी महिलालाई भेटेकमो छैन । उनी मात्र आफ्नो नयाँ किताब बेच्ने कोसिस गरिरहेकी छिन् । यसलाई फिक्सन सेक्सनमा बेचिनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले एक दिनमै ६४ करोड मत गनेपछि एलन मस्कको यस्तो प्रतिक्रिया
-
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु
-
शुक्रबारबाट रिलिज ‘तेल भिसा’ र ‘अग्निदहन’को व्यवसाय कस्तो ?
-
बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
-
धितोपत्र बोर्डको अध्यक्षका लागि दुई जनाको अन्तर्वार्ता सम्पन्न
-
सिनामंगलस्थित होटलमा दुई युवायुवती मृत अवस्थामा भेटिए