पेरुमाथि गोलबर्षा गर्दै ब्राजिल क्वार्टरफाइनलमा
पेरुविरुद्ध गोलबर्षा गर्दै घरेलु टोली ब्राजिल कोपा अमेरिका कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत आइतबार बिहान भएको एकपक्षीय खेलमा ब्राजिलले पेरुलाई ५–० गोलले हरायो ।
ब्राजिलले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल गरेको थियो । ब्राजीलको जितमा कासिमिरोले १२औं मिनेटमा गोलको खाता खोलेको थिए । रोवर्टो फिर्मिनोले १९औं र इभर्टन सोरेजले ३२औं मिनेटमा गोल गरे । डानी अलभेसले ५२औं र विलियनले ९०औं मिनेटमा एक एक गोल थपेका थिए । ब्राजिलले दोस्रो हाफको अन्तिमा पेनाल्टी पनि गुमायो । गाब्रियल जेसस पेनाल्टीमा चुकेका थिए ।
यसअघिको खेलमा भेनेजुएलासँग बराबरीमा रोकिएको ब्राजील पेरुविरुद्ध शसक्त देखिएको थियो । समूह ‘ए’ मा रहेको ब्राजीलले यस जितसँगै सात अंक बनाएको छ । शीर्ष स्थानमा रहेको ब्राजिल समूह विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो ।
यसै समूहको अर्को खेलमा भेनेजुएलालले बोलिभियालाई ३–१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ । भेनेजुएलाको जितमा डरविन माचिसले खेलको दोस्रो र ५५औं मिनेटमा दुई गोल गरे । जोसेफ मार्टिनेजले ८६औं मिनेटमा एक गोल थपेका थिए । बोलिभियाका लियोनेल जस्टिनियानोले ८२औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए । समूह उपविजेता बनेको भेनेजुएलाले पाँच अंक बनाएको छ । अंकबिहीन बोलिभिया कोपा अमेरिकाबाट बाहिरिएको छ । चार अंक बनाएको पेरुको उत्कृष्ट तेस्रो बन्दै क्वार्ट फाइनल पुग्ने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर