सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

नेपाल हिन्दु राष्ट्र बन्न तयार हुनेछ : भारतका मुख्यमन्त्री आदित्यनाथ

आइतबार, ०८ असार २०७६, ०७ : २४
आइतबार, ०८ असार २०७६

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दु राष्ट्रका लागि तयार हुने विश्वास व्यक्त गरेका छन् । 

लखनउस्थित मुख्यमन्त्री कार्यालय (लोक भवन) मा नेपाली पत्रकारहरुको टोलीसँग उनले भने, ‘हरेक देशको पहिचान हुन्छ । विश्वका हिन्दुहरुले नेपाललाई हिन्दु राष्ट्रका रुपमा चिन्छन् । दुनियाँको भावना समेट्न नेपाल तयार हुनेछ ।’

नेपाल हिन्दु राष्ट्र हुँदा विश्वभरको हिन्दुको नेपालसँग भावनात्मक सम्बन्ध हुने र तीन करोड जनसंख्या भएको नेपालले विश्वका सय करोड हिन्दुको तागत प्रयोग गर्न सक्ने मुख्यमन्त्री आदित्यनाथको भनाइ छ । 

योगीले हिन्दु राष्ट्रमार्फत नेपालले धार्मिक पर्यटनलाई विस्तार गर्न सक्नेमा जोड दिए । यो समाचार आजको नागरिक दैनिकमा कमलराज भट्टले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप