बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गुडिरहेको मोटरसाइकलबाट खस्दा मृत्यु

शनिबार, ०७ असार २०७६, २० : ३६
शनिबार, ०७ असार २०७६

 बुटवल–अर्घाखाँचीको पाणिनि गाउँपालिका  दुर्गाफाटमा गुडिरहेको मोटरसाइकलबाट खस्दा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाणिनी गाउँपालिका ३ खिदिम निवासी ४२ वर्षीय सुशीला आचार्य रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।  

लु ३६ प ६९८० नम्बरको मोटरसाइकलबाट बाटोमा खसेर घाइते भएकी सुशीलाको उपचारको क्रममा मिसन अस्पताल पाल्पामा निधन भएको हो।

मोटरसाइकल र चालकलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप