मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन ओमनको अधिवेशन हुँदै

शनिबार, ०७ असार २०७६, १४ : ४०
शनिबार, ०७ असार २०७६

युएई-गैर आवासीय नेपाली संघ (एनआरएन) ओमनको अधिवेशन हुने भएको छ। अधिवेशनमा बिभिन्न देशका एनआरएनएन अभियान्ताहरूको सहभागिता हुुने भएको छ।

गैर आवासीय नेपाली संघ (एनआरएन)आइसिसीको महाधिवेशन आगामी अक्टोवर १३ देखि १६ मा हुने मिति तय भए लगतै ओमन लगाएत अन्य राष्ट्रहरूमा एनसिसीहरूको अधिवेशन हुन लागेको हो। 

मध्य पूर्वको सबैभन्दा महत्वपूर्ण एनिससी ओमनमा आगामी २८ जुनमा  अधिवेशन हुने भएको हाे।

उक्त अधिवेशनमा  विश्वभरीका एनआरएनए अभियन्ता आउने भएका छन् ।

ओमनमा बर्तमान सचिव डिवी क्षेत्री भएका कारण सबै देशका केन्द्रीय स्तरका (एनआरएनएन) अभियान्ताहरूको उपस्थितिलाइ निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

एनआरएन आइसिसी सदस्य मनोज गोर्खालीका अनुसार अधिवेशनमा   एनआरएन आइसिसी अध्यक्ष भवन भट्ट, उपाध्यक्षहरु कुुमार पन्त, कुल आचार्य, एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक गौरीराज जोशी, मध्य पूर्वका संयोजक आर.के शर्मा, एनआरएन एसिया प्याशिफिक संयोजक किरण विक्रम थापा, एनआरएन मध्य पूर्व सहसंयोजक गोपाल कँडेल र प्रवीण गुुरुगं, एनआरएन आइसिसी सदस्यहरु चित्र केसी, मनोज गोर्खाली, सुदिप कार्की, जोन आर्याल, मध्य पूर्वका पूर्व संयोजक नरेन्द्र भाट, एनआरएन आइसिसी पूर्व उपाध्यक्ष टिबी कार्की, एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, एनआरएन बेल्जियम अध्यक्ष लोक प्रसाद दाहाल, एनआरएन यूएई अध्यक्ष रमेश श्रेष्ठ, एनआरएनए यूके उपमहासचिव विनय अधिकारी लगाएत ६ दर्जन भन्दा धेरै एनआरएन अभियान्ताहरूको उपस्थिति रहने बताइएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप