शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खाडी संकट : के विश्व फेरि अर्को ‘ट्यांकर युद्ध’तर्फ अघि बढिरहेको छ ?

शनिबार, ०७ असार २०७६, १३ : २१
शनिबार, ०७ असार २०७६

-बीबीसी /पल एडम्स
खाडी क्षेत्रमा पुनः तेल बोकेका ट्यांकर जल्न थालेका छन् । तर सो क्षेत्रमा यस्तो भएको पहिलो पटक भने होइन । २८ वर्षअघि यस्तै दृश्य विश्वले देखिसकेको छ । 

त्यसबेला तेल ट्यांकरदेखि जहाजमाथि समेत आक्रमण भएका थियो । जहाजमा काम गर्ने केही क्रु पनि मारिएका थिए, कयैन घाइते भएका थिए ।

यो सबैको अन्त्य हुनु अघि एउटा इरानी जहाज नै गल्तीले खसालिएको थियो । के अमेरिका र इरानबीच वर्तमान समयमा विषम बन्दै गएको गतिरोधले पुनः एक पटक ट्यांकर युद्ध सुरु गराउँछ त ? 

दशकौंअघि इरान र सद्दाम हुसेनको इराकी प्रशासनबीच ट्यांकर युद्ध भएको छ । ‘ट्यांकर युद्ध’ इरान र सद्दाम हुसेनबीच भएको आठ वर्षे युद्धको एउटा चरणलाई जनाउँछ । 

यो सन् १९८० को दशकको मध्यबाट युद्धरत इरान र इराक एक अर्कोको तेल ट्यांकरमाथि आक्रमण गर्न थालेपछि सुरु भएको थियो । 

युद्धमा शत्रु पक्षको आर्थिक अवस्थामाथि धरासायी पार्नको लागि यसो गरिएको थियो । किनकी खाडि क्षेत्रका अधिकांश राष्ट्रको अर्थतन्त्रको प्रमुख स्रोत तेल रहँदै आएको छ । 

तर ‘ट्यांकर युद्ध’ सुरु भएको केही पछि युद्धरत दुई पक्षका जहाजको अतिरिक्त अन्य जहाजमाथि पनि आक्रमण सुरु हुन थाल्यो । 

अमेरिकाको तत्कालीन रोनाल्ड रेगन सरकार यसमा सामेल हुन चाहँदैन थियो तर खाडीको स्थिति यति अघि बढ्यो कि सो क्षेत्रमा तैनाथ अमेरिकी युद्धपोत यूएसएस स्टार्कमाथि समेत इराकले आक्रमण गर्यो । 

हुनत पछि इराकी अधिकारीले यो अन्जानमा भएको भन्दै माफी माग्यो तर सन् १९८७ जुलाइसम्म कुवेती ट्यांकर अमेरिकी झण्डा राखेर अमेरिकी युद्धपोतको सुरक्षाका साथ खाडी क्षेत्रबाट निकालिएको थियो । त्यसप्रति इराकको आक्रमण लक्षित हुन सक्छ । समय बित्दै जाँदा यो द्वितीय विश्वयुद्धपद्धि सबैभन्दा ठूलो नौसेना अपरेशन बनेको थियो । 

इरान अमेरिकाको शत्रुताको लामो इतिहास
इरानका सर्वोच्च नेता आयातोल्ला खमेनी सन् १९७९ को इस्लामिक क्रान्तिदेखि नै अमेरिकालाई ‘द ग्रेट शैतान’ भन्ने गर्थे । 

१९८० को दशकको ट्यांकर युद्ध इरान र इराक जिम्मेबार रहेको ठानिए पनि केही समयपछि नै त्यो इरान र अमेरिकाबीच लामो समयदेखि चलिरहेको वैमश्यताको हिस्सा थियो भन्ने खुल्दै गयो । 
त्यो यस्तो लडाईँ थियो जुन कहिले अन्त्य भएन र अहिले आएर झनै बढेको छ । यसको ‘फ्ल्यास पोइन्ट’ स्ट्रेट अफ हरमुज बनेको छ । 

के के भए परिवर्तन ?
ट्यांकर युद्धबारे किताब लेख्ने डा. मार्टिन नावियासको भनाईमा समयसँगै दुवै पक्षले आफ्ना क्षमता विस्तार गरेका छन् । 

उनका अनुसार यो बीच इरान पहिलेभन्दा निक्कै सक्षम बनेको छ । समुन्द्र बारुदी धरापको मामिलामा होस् अथवा पनडुब्बी वा आक्रमण गर्न सक्ने तीव्र गतिका डुंगाको सन्दर्भमा होस् इरानले त्यो समयभन्दा प्रगती गरेको छ । 

अब यो लडाई सिर्फ समुन्द्रमा मात्र सिमित रहेको छैन । अमेरिकाको जासुसी ड्रोनलाई झारेको घटनाबाट इरानको क्षमतातर्फ नै इशारा हुन्छ । 

त्यसो भए के अमेरिका र इरानबीच सिधा सिधा युद्ध हुने अवस्था आउछ ?

यदी ट्याकरमाथि आक्रमण बढ्दै गयो भने अमेरिकाले विगतमा गरेजस्तै अरबी देशका जहाजमा आफ्नो देशको झण्डा लगाउने र जहाजलाई युद्धपोतको पहारा दिने अवस्था आउनसक्छ ।  

अमेरिका र इरानबीच गतिरोधका धेरै उदारण छन् तर आज ३० वर्षपछि अमेरिका तेलको मामिलामा मध्य–पूर्वमा अत्यन्त कम निर्भर छ । यस्तोमा स्ट्रेट बन्द भयो इरानले ठूलो नोक्सानी उठाउनुपर्छ ।

डा. नवियासका अनुसार आजको माहोलको हिसाबमा ट्यांकर युद्ध थप भड्किने वा मत्थर हुने सम्भावना दुवै उत्तिक्कै छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप