गुल्मी : पराल्मीवासी कहिलेसम्म बत्तिमुनीको अध्याँरोमा ?
गुल्मी । गुल्मीको सदरमुकाम तम्घासदेखि ११ किलो मिटर रेसुङ्गाको जंगल छिचोल्दै जिपको यात्रामा रेसुङ्गा नगरपालिका वडा नम्वर–१४ पराल्मी गाउँको प्रवेशद्वार तारनेटा पुगिन्छ ।
त्यहाँबाट दुई किलो मिटर अगाडि बढेपछि वडा कार्यालय रहेको डाँडापोखरी र त्यहाँबाट पाँगा पुगेपछि पराल्मीको झन् विकट र ठूलो वस्ती रातामाटा देखिन्छ । विकटताको हिसावले हिजोको बेग्लै गाविस बन्नु पर्ने रातामाटा गाउँ पुग्न झेसीखर्क हुँदै तीन घण्टा बढी समय लाख्छ ।
सदरमुकामको नजिकै रहेको सो गाउँलाई बत्तिमुनीको अध्यारो छ । अहिले रेसुङ्गा नगरपालिकाको वडा नम्वर १४ बन्दा समेत भनाइमा मात्र होइन यथार्थमै बत्तिमुनीको अँध्यारो छ ।
१८ किलो मिटरबाटो २५ वर्षमा पनि पूरा भएन
सदरमुकाम तम्घासबाट आफ्नो गाउँमा मोटरबाटो लैजान २०५२ सालमा पराल्मीका वासिन्दाले आफैले मोटरबाटो खन्न सुरु गरेका थिए । उनिहरुले उक्त मोटरबाटो सुरु गरेको अहिले झण्डै २५ वर्ष भयो । स्तरन्नोति सहित सम्पन्न हुनु त परै जाओस् अन्तिम गन्तव्यसम्म ट्रयाक्क खोल्ने काम समेत पुरा हुन सकेको छैन ।
रेसुङ्गाको काँख गडजुराबाट २०६४ साल देखि डोजर लगाउन पनि सुरु गरियो तर गाडी पराल्मीको आधा गाउँसम्म पनि पुग्न सकेको छैन । ‘तम्घास देखि पराल्मी इन्द्रगौडासम्म जम्मा १८ किलोमिटर रहेको छ’–वडाध्यक्ष शेरबहादुर पहराईले भने–‘ १३ किलो मिटर पाँगा सम्म गाडी जान्छ , त्यहाँदेखि केहि तल सम्म ट्रयाक खोले पनि गाडी जान सक्दैन । ’
उनका अनुसार पाँगाबाटै रातामाटा तर्फ करिव ५ किलो मिटर मोटरबाटो खन्ने काम पनि पुरा हुन सकेको छैन । रातामाटाबाट वडा कार्यालयको सेवा लिन त्यहाँका बासीन्दा तीन घण्टा भन्दा बढि समय लगाएर हिडेर आउन बाध्य छन् । फर्किदा त्यति नै समय लगाउने गर्दछन् । तल शिद्धडाँडाका वासिन्दा पनि मोटरबाटाको अभावमा डेढ दुई घण्टाको उकाली ओराली गर्न बाध्य छन् । पराल्मीका अन्य टोलका वासीन्दालाई सदरमुकाम तम्घास आउन अरु बाटो प्रयोग गरेर छिटो हुन्छ, आफ्नो वडा कार्यालय आउन ढिला हुन्छ ।
जिल्लाा मै एउटा यस्तो वडा
गुल्मीको सबै भन्दा बिकट मदाने मालिका र कालिगण्डकी गाउँपालिका मानिन्छ । सवैभन्दा सुगम स्थानीय तहका रुपमा रेसुङ्गा नगरपालिका मानिन्छ । तर सुगम मानिएको रेसुङ्गा नगरपालिका कै १४ नम्वर वडाको सात वटा टोलमा मोटरबाटो पुग्न सकेको छैन ।
चुनावताका पराल्मीको रातामाटा दलित वस्तीको भोट जसले मौका छोप्यो उसले नै आफ्नो पक्षमा पार्ने अस्थीर भोटका रुपमा लिइन्छ ।
भनाइमा जस्तै बत्तिमुनीको अँध्यारो सधै
विद्युत , खानेपानी, शिक्षा स्वास्थ्य सबै कुराले पञ्चायत कालमा पनि पराल्मीलाई बत्तिमुनीको अँध्यारो भनियो । बहुदलिय व्यवस्थाभर पनि त्यही बोलियो, त्यही लेखियो , अहिले रेसुङ्गा नगरपालिका बनेपछि पनि त्यही देखियो र स्थानियबाट पनि त्यही बत्तिमुनीको अँध्यारोमै परियो भन्ने गुनासो नै सुनियो ।
नेपाली कांग्रेस पराल्मीका वडा सभापति धनबहादुर पुनले पराल्मीलाई नगरपालिका, प्रदेश र केन्द्र सरकारले ध्यान दिन नसके बत्तिमुनीको अध्याँरो भन्ने पुरानो कहवत अझै वर्षौँसम्म रहने धारणा राखे ।
साविक जिल्ला विकास छँदा पनि सविकको पराल्मी गाविसलाई सहयोग नभएको पूर्व गाविस अध्यक्ष शिवलला पोखरेलले गुनासो गरे ।
पर्याप्त वजेट विनियोजन नगर्ने हो भने रेसुङ्गा नगरपालिकाको अन्य वडाको विकास र त्यहाँका जनताको समृद्धिको तहमा पुग्न पराल्मीवासी कहिल्लै नसक्ने निश्चित भएको वडाध्यक्ष शेरबहादुर पहराईले बताए ।
रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले पराल्मीको विकास गर्न पर्याप्त रकम विनियोजन गर्न आफूले नगरसभामा प्रस्ताव लैजाने प्रतिवद्धता जनाए ।
नेपाली कांग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले पनि पराल्मीलाई अन्य वडाको दामासहीमा वजेट विनियोजन गर्ने हो भने अरु धेरै बर्ष सम्म पराल्मी बत्तिमुनीको अँध्यारो भईरहने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा