शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मी : पराल्मीवासी कहिलेसम्म बत्तिमुनीको अध्याँरोमा ?

शनिबार, ०७ असार २०७६, १३ : ०८
शनिबार, ०७ असार २०७६

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासदेखि ११ किलो मिटर  रेसुङ्गाको जंगल छिचोल्दै जिपको यात्रामा  रेसुङ्गा नगरपालिका वडा नम्वर–१४ पराल्मी गाउँको प्रवेशद्वार तारनेटा पुगिन्छ । 

त्यहाँबाट दुई किलो मिटर अगाडि बढेपछि वडा कार्यालय रहेको डाँडापोखरी र त्यहाँबाट  पाँगा पुगेपछि  पराल्मीको झन् विकट र  ठूलो  वस्ती रातामाटा देखिन्छ  । विकटताको हिसावले हिजोको बेग्लै गाविस बन्नु पर्ने रातामाटा गाउँ पुग्न झेसीखर्क हुँदै तीन घण्टा बढी समय लाख्छ  ।

   सदरमुकामको  नजिकै रहेको सो गाउँलाई बत्तिमुनीको अध्यारो छ । अहिले रेसुङ्गा नगरपालिकाको  वडा नम्वर १४ बन्दा समेत  भनाइमा मात्र होइन यथार्थमै बत्तिमुनीको अँध्यारो छ ।

  १८ किलो मिटरबाटो २५ वर्षमा पनि पूरा भएन

  सदरमुकाम तम्घासबाट आफ्नो गाउँमा मोटरबाटो लैजान २०५२ सालमा पराल्मीका वासिन्दाले आफैले मोटरबाटो खन्न सुरु गरेका थिए । उनिहरुले उक्त मोटरबाटो सुरु गरेको अहिले झण्डै २५ वर्ष भयो  । स्तरन्नोति सहित सम्पन्न हुनु त परै जाओस् अन्तिम गन्तव्यसम्म ट्रयाक्क खोल्ने काम समेत पुरा हुन सकेको छैन ।

  रेसुङ्गाको काँख गडजुराबाट २०६४ साल देखि डोजर लगाउन पनि सुरु गरियो तर गाडी पराल्मीको आधा गाउँसम्म पनि पुग्न सकेको छैन । ‘तम्घास देखि  पराल्मी इन्द्रगौडासम्म जम्मा १८ किलोमिटर रहेको छ’–वडाध्यक्ष शेरबहादुर पहराईले भने–‘ १३ किलो मिटर पाँगा सम्म गाडी जान्छ , त्यहाँदेखि  केहि तल सम्म ट्रयाक खोले पनि गाडी जान सक्दैन । ’

   उनका अनुसार  पाँगाबाटै रातामाटा तर्फ करिव ५ किलो मिटर मोटरबाटो खन्ने काम पनि पुरा हुन सकेको छैन । रातामाटाबाट वडा कार्यालयको सेवा लिन त्यहाँका बासीन्दा तीन घण्टा भन्दा बढि समय  लगाएर हिडेर आउन  बाध्य छन् । फर्किदा त्यति नै समय लगाउने गर्दछन् । तल शिद्धडाँडाका वासिन्दा पनि मोटरबाटाको अभावमा डेढ दुई घण्टाको उकाली ओराली गर्न बाध्य छन् ।  पराल्मीका  अन्य टोलका वासीन्दालाई सदरमुकाम  तम्घास आउन अरु बाटो प्रयोग गरेर छिटो हुन्छ, आफ्नो वडा कार्यालय आउन ढिला हुन्छ ।

  जिल्लाा मै एउटा यस्तो वडा

   गुल्मीको सबै भन्दा बिकट मदाने मालिका र कालिगण्डकी गाउँपालिका मानिन्छ । सवैभन्दा सुगम  स्थानीय तहका रुपमा रेसुङ्गा नगरपालिका मानिन्छ । तर सुगम मानिएको रेसुङ्गा नगरपालिका कै १४  नम्वर वडाको सात वटा टोलमा मोटरबाटो पुग्न सकेको छैन ।
चुनावताका  पराल्मीको रातामाटा दलित वस्तीको भोट जसले मौका छोप्यो उसले नै आफ्नो पक्षमा पार्ने अस्थीर भोटका रुपमा लिइन्छ ।
   भनाइमा जस्तै बत्तिमुनीको अँध्यारो सधै

   विद्युत , खानेपानी, शिक्षा स्वास्थ्य सबै कुराले पञ्चायत कालमा पनि पराल्मीलाई बत्तिमुनीको अँध्यारो भनियो । बहुदलिय व्यवस्थाभर  पनि त्यही बोलियो, त्यही लेखियो , अहिले रेसुङ्गा नगरपालिका बनेपछि पनि त्यही देखियो र स्थानियबाट पनि  त्यही बत्तिमुनीको अँध्यारोमै परियो भन्ने गुनासो नै  सुनियो ।


   नेपाली कांग्रेस पराल्मीका वडा सभापति धनबहादुर पुनले पराल्मीलाई  नगरपालिका, प्रदेश र केन्द्र सरकारले  ध्यान दिन नसके बत्तिमुनीको अध्याँरो भन्ने पुरानो कहवत अझै वर्षौँसम्म रहने धारणा राखे  । 

 साविक जिल्ला विकास छँदा पनि सविकको पराल्मी गाविसलाई सहयोग नभएको  पूर्व गाविस अध्यक्ष  शिवलला पोखरेलले गुनासो गरे । 

पर्याप्त वजेट विनियोजन नगर्ने हो भने रेसुङ्गा नगरपालिकाको अन्य वडाको विकास र त्यहाँका जनताको समृद्धिको तहमा पुग्न पराल्मीवासी कहिल्लै नसक्ने निश्चित भएको वडाध्यक्ष शेरबहादुर पहराईले बताए ।  
  रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले पराल्मीको विकास गर्न पर्याप्त रकम विनियोजन गर्न आफूले नगरसभामा प्रस्ताव लैजाने प्रतिवद्धता जनाए । 

   नेपाली कांग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले पनि पराल्मीलाई अन्य वडाको दामासहीमा वजेट विनियोजन गर्ने हो भने अरु धेरै बर्ष सम्म पराल्मी बत्तिमुनीको अँध्यारो भईरहने धारणा राखे ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप