बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रेशम चौधरीलाई नेल लगाएर अस्पताल लैजानेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

शनिबार, ०७ असार २०७६, १२ : २२
शनिबार, ०७ असार २०७६

काठमाडौं–राजपा नेता तथा सांसद रेशम चौधरीलाई नेल लगाएर नै उपचार गरिएको सार्वजनिक भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई नेल लगाएर उपचारका लागि अस्पतालमा लैजानेमाथि कारबाही गर्न निर्देशन दिएका हुन् । 

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले नेल लगाएर उपचार गराउने लैजाने कार्यमा को–को संलग्न छन्, तिनलाई कारबाही गर्न मुख्यसचिवलाई फोन गरेर निर्देशन दिएको जानकारी दिए । 

टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहेका सांसद चौधरीलाई मेरूदण्डसम्बन्धी उपचारका निम्ति अहिले वीर अस्पतालमा राखिएको छ । 

उपचारकै क्रममा उनलाई नेल लगाइएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। 

याे पनि....

रेशम चौधरीलाई १४ किलोको नेल लगाइएको भन्दै बाबुरामको विरोध

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप