केन्द्रीय संस्करण
विचार

दम्भका विरुद्ध प्रकाशस्तम्भ बनेका जनता !

माइतीघर मण्डलाको यस पटकको जनसागरबाट उदाएको खबरदारीको सूर्यबाट सत्तासीन नेताहरुको दम्भमय मन मस्तिष्कका घैँटाहरुमा घाम पनि लाग्ला कि ?

person explore access_timeअसार ७, २०७६ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

ओली नेतृत्वको सरकारले यस पटक हठधर्मिता देखाएन । आफूलाई सँच्याउन अघिस¥यो । राम्रो भयो । नेपाली जनजीवनमा प्रचलित एउटा भनाइ छ— ‘विनम्रताले आयु बढ्छ  ! दम्भले घट्छ !!’ दम्भ जनतालाई मन पर्दैन ।

मेरो छिमेकमा एक जना ९२ वर्षीय वरिष्ठ किसान हुनुहुन्छ । ९० वर्षीया श्रीमतीका साथ वहाँ अहिले पनि खेतमा काम गर्नुहुन्छ । फर्कँदा वहाँका खर्पनमा मौसमी तरकारीहरु हुन्छन् । साग हुन्छ । टोलछिमेकका मानिसहरु बडो श्रद्धासाथ वहाँसँग तरकारी किन्छन् । सडकसँग जोडिएको छ घर । वहाँ घरको पेटीमा बसेर तरकारी बेच्नु हुन्छ । टोलका बुढापाका र केही युवा पनि त्यहाँ जुटेर वहाँका कुरा सुन्न रुचाउँछन् ।

विगत सोमबार साँझ पेटीमा बसेर अर्का छिमेकी पाका किसानसँग भन्दै हुनुहुन्थ्यो, “कम्युनिष्टमा लागेर बुढा भइयो । कति भाषण सुनियो । कति जुलुसमा गइयो । कति आन्दोलन गरियो । कांग्रेसले कोशी गण्डक बेचेको विरोध जलुसमा उफ्री उफ्री कराएको हिजोजस्तो लाग्छ !”

“त्यो जुलुसमा म पनि थिएँ नि ! त्यति वेला नयाँ सडकमा मोती दाइले नारा भट्ट्याएको मेरो कानले अझै बिर्सेको छैन ।” सँगै बसेका अर्का पाका किसानले हाँस्दै भन्नुभयो । हाँस्दा वहाँका पानी भरिएका आँखा, चाउरी परेका गाला र फुक्लन बाँकी दुइटा मात्र दाँतमा विगतका सम्झनाको एकीकृत भव्य चमक देखियो । म पेटीनिर सडकमा उभिएर यस श्रव्य दृश्यमा सामेल थिएँ  ।

त्यति बेलाका हामीले चिने जानेका कमनिष्ट नेता असल थिए । वेला वेला हामीसँग भेटेर सल्लाह लिन्थे । छलफल गर्थे । कामको लठाबज्र छ भने काम पनि सगाउँथे । हामीसँग बसेर खान्थे । हाम्रो घरको सुकुलमा सुत्थे । नेता भनेको आफ्नै दाइभाइ जस्तो लाग्ने । अहिलेका कमनिष्ट नेता के नेता ?

व्रिष्ठ किसानले गम्भीर हुँदैै भन्नुभयो, “त्यति बेलाका हामीले चिने जानेका कमनिष्ट नेता असल थिए । वेला वेला हामीसँग भेटेर सल्लाह लिन्थे । छलफल गर्थे । कामको लठाबज्र छ भने काम पनि सगाउँथे । हामीसँग बसेर खान्थे । हाम्रो घरको सुकुलमा सुत्थे । नेता भनेको आफ्नै दाइभाइ जस्तो लाग्ने । अहिलेका कमनिष्ट नेता के नेता ? ज्यामी किसानको घर घरमा गएर सल्लाहा गर्दैन । बहाल वहालमा जम्मा भएर छलफल गरौं पनि भन्दैन । आपूmलाई जे मन लाग्यो त्यही गर्छ । कमनिष्टले के काम गर्ने ? कसरी काम गर्ने ? त्यो त यिनीहरुले जानेकै छैन । हाम्रो माहिलदाइ जहिले पनि भन्नुहुन्थ्यो, कमनिष्टले पहिले त त्यति बेला जनताको मर्का के हो त्यो थाहा पाउनु पर्छ ,। जनताको मर्का फुकाउन पनि जनतासँगै मिलेर काम गर्नुपर्छ । जनतालाई उछिन्न खोज्नु हुँदैन । अहिलेका यिनीहरु कमनिष्ट भन्ने मात्रै हुन् । यिनीहरुको त काम गर्ने ढंगै छैन ।”

ग्राहकलाई फर्सीको मुन्टा दिएर पैसा गोजीमा राख्दै वरिष्ठ किसानले अल्प हाँस्दै भन्नुभयो, “चिन्नु न जान्नु घँचेटिमाग्नु भनेजस्तो ! जान्नुबुझ्नु छैन गुठीको ऐन बनाउने !? यहाँ नोल बोक्नेलाई गुठी छ । देउताको रथ जोड्नेलाई गुठी छ । तान्नेलाई गुठी छ । भजन भन्नेलाई गुठी छ । बटुवालाई पानी पिलाउनेलाई गुठी छ । जात्रा मात्रामा पानी पिलाउनेलाई गुठी छ । ज्ञानमाला गुठी ज्ञानगुनको भजन गाउने गुठी हो । भजन गर्ने र चाडपर्वमा भोजखाने गुठी पनि छ । हुनेखानेले राखेको गुठीको कुरा मात्र छैन जनता आपैmले मिलेर राखेको गुठी कति छ । पहिले पहिले देउताको भजन भन्नेले भजनबाटै पनि  राणाशासनको विरोध गरेका थिए । भजनबाटै जनतालाई जगाउनेहरु पनि थिए । राणाशासन हटाउनमा भजनले पनि    कति काम गरेको थियो । हाम्रो यो काठमाडौ खाल्डामा धारा, कुवा, पाटी, पौवा सबै गुठीबाट चलिआएका छन् । मन्दिरमा पूजा चलाउने, जात्रा चलाउने, मन्दिर भत्क्यो भने मर्मत गर्ने सवै गुठी छ । टोल टोलको थर थरको संस्कार चलाउने गुठी छ । गुठी त आपसमा मद्दत गर्ने कुरा हो । परिवारजस्तै हो गुठी । यो तीन शहरबाट गुठी निकालि दिने हो भने यहाँ जात्रा मात्रा, चाडपर्व, रङ्ग रमाइलो सवै हराउँछ । यस्ता कुरामा सरकारले आपैm मनोमानी कानुन बनाउन मिल्दैन । गुठी त हाम्रो संस्कृति हो । सम्पदा हो ।”

यसबीच गुठीका सम्बन्धमा मिडियामा धेरै कुरा आए । कतै किसानहरु गुठीबाट शोषित पीडित बनेका कुरा पनि सुनिए । गुठी जग्गाको दुरुपयोग र शोषणका कुरा पनि सुनिए । भर्खरै बाराका एक जना वरिष्ठ किसान भेटिनुभएको थियो वहाँले भन्नुभयो, “जग्गालाई पूँजीको आधार बनाएर शोषण गर्नु सामन्त बाद हो । भूमिसुधारपछि यो धेरै त मासियो कतिपय क्षेत्रमा सामन्तवाद आज पनि बाँकी छ । सरोकारवालाहरुसँग छलफल नै नगरी सत्तासीनहरुले हुकुमी पारामा विधेयक बनाउनु पनि सामन्तवाद नै हो । आजका सत्तासीनहरुको हिँडाइ, बोलाइ, खुवाइ, र काम गराइमा सामन्तवाद छैन ? जहाँसम्म अहिलेको यो गुठी जमीनको कुरा छ भूमिलाई शोषणको आधार बन्नै नदिन जसले जोत्छ उसको हक हुने तर बेचबिखन गर्न नपाइने, बाँझो राख्न पनि नपाइने व्यवस्था हुन सके परिस्थिति बदलिँदो हो । कानून बनाएर त्यस कानूनले तोके भन्दा बढी उठाउन नपाउने व्यवस्था त अनिवार्य नै हुनु पर्ने हो । उपत्यका बाहिर विभिन्न किसिमका गुठीबाट जोताहाहरु शेषित पीडित रहेको अवस्था पनि छ । अहिले त स्थानीय सरकार छ । कहाँ कुन समस्या छ र कुन उपचार आवश्यक छ  ।  त्यसको व्यापक अध्ययन अनुसन्धान गर्नसकिन्छ । त्यसपछि सरोकारवाला किसानहरुसँग छलफल गरेर संस्कृति र सांस्कतिक सम्पदाको दुरुपयोग नहुने र सम्पदाका आधारमा किसानको शोषण गर्न नपाइने व्यवस्थाको लागि विधेयक तर्जुमा गर्न सकिन्छ । त्यस तहबाट सोचिएन र नै समस्या भएको हो । सबै ठाउँका सवै गुठीलाई एउटै मुट्ठामा कस्न मिल्दैन ।”

जग्गालाई पूँजीको आधार बनाएर शोषण गर्नु सामन्त बाद हो । भूमिसुधारपछि यो धेरै त मासियो कतिपय क्षेत्रमा सामन्तवाद आज पनि बाँकी छ । सरोकारवालाहरुसँग छलफल नै नगरी सत्तासीनहरुले हुकुमी पारामा विधेयक बनाउनु पनि सामन्तवाद नै हो ।

“तर्क आ-आफ्ना छन् । पशुपतिको आम्दानी भ्रष्टाचारको ढाँडमा पसिआएको छ । भ्रष्टाचार नहुने हो भने पशुपतिको आमदानीबाट अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय चल्न सक्छ, अन्तर्राष्ट्रिय स्तरको निःशुल्क अस्पताल चल्न सक्छ भन्ने चर्चा त आज पनि व्यापक छ । भ्रष्टाचार आज सत्ताको राष्टिय चरित्र बनिसकेको अवस्था छ । कुनै पनि संस्था, संस्थान, कार्यालय आज भ्रष्टाचारमुक्त छ भन्न सकिने अवस्था रहेन । पशुपति विकासकोशका पदासीनहरुका आचरण सम्बन्धमा एकहप्ताअघि पनि अखवारमा पढिएकै हो । पशुपतिनाथ पनि शोषणको मारमा परेका अवस्थाको जानकारी पाएरर आँखाभरी आँसु पार्नेहरु र रोषले दाँत कटकटाउनेहरु तराइमा पनि देखिए । उपत्यकामा पनि धेरै देखिए । यो आँसु र रोषले कुनै दि नभयङ्ंकर आन्दोलनको रुप लिन पनि सक्छ ।”

“अहिले असार लागेको छ । विगत वर्षहरु भैmँ यस वर्ष पनि वर्षभरी उपयोगमा आउन नसकेका सरकारी विकास बजेट बाढीमा खन्याउने प्रयत्न शुरु भएको छ । यो मुलुकको कोष रित्याउने प्रक्रिया त हो नै, जनतालाई झन् झन् गरीब बनाउने प्रक्रिया पनि हो । रहँदा बस्दा यसको पनि प्रतिक्रिया सडकमाउम्रन्छ । अवश्य उम्रन्छ ।”

गुठीविधेयकका विरुद्ध २ दिन अघि माइती घर मण्डलामा जनसागर उल्र्यो । हाम्रा प्रधानमन्त्री आफ्ना फुच्चेहरु अरिङ्गाल बनिदिउन् र विरोधीहरुलाई चिलि दिउन् भन्ने कामना गर्नुहुुन्छ ।  अरिंङ्गालको गोलामा ढुंङ्गा त यो गुठीविधेयकले हान्यो । तै तै सरकारले समयमै गुठीविधेक फिर्ता लियो । धिेयक फिर्ता लिएकोमा हाम्रा छिमेकी वरिष्ठ किसानको प्रतिक्रिया थियो, “यसमा भने प्रधानमन्त्रीले बुद्धि पुयाउनु भएको देखियो !”

 सम्विधान बनाउँदै जनतासँग व्यापक अन्तक्र्रिया गर्नुपथ्र्यो । गरिएन । जनताबाट सुझाव संङ्कलन त गरियो । ग्रहण गरिएन । विधेयकहरु बनाउँदा पनि सम्बन्धित जनतासँग छलफल गरिएन । परम्परा र संस्कृतिको मर्म नबुझिकन हतारमा जनताका परम्परा र संस्कृतिका क्षेत्रमा हात हाल्दा जे हुन्थ्यो, त्यही भयो । काठमाडौका जनता सडकमा उत्रे ।

विधेयकहरु बनाउँदा पनि सम्बन्धित जनतासँग छलफल गरिएन । परम्परा र संस्कृतिको मर्म नबुझिकन हतारमा जनताका परम्परा र संस्कृतिका क्षेत्रमा हात हाल्दा जे हुन्थ्यो, त्यही भयो । काठमाडौका जनता सडकमा उत्रे ।

जनताप्रतिको बेवास्ता जनतालाई पचेन । दम्भ जनतालाई पचेन । नेताहरुका मनोमानी निर्णका विरुद्ध काठमाडौका जनता सडकमा ओल्र्यो ।

माइतीघर मण्डलाको यस पटकको जनसागरबाट उदाएको खबरदारीको सूर्यबाट सत्तासीन नेताहरुको दम्भमय मन मस्तिष्कका घैँटाहरुमा घाम पनि लाग्ला कि ?

दुइतिहाइ सरकारभन्दा त्यो सरकार बनाउने जनता कैयाँै गुना बढी बलियो हुन्छ । यो कुरा भर्खरैको घटनाले पनि प्रमाणित त भयो नि । हैन र ?

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...