शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रेशम चौधरीलाई १४ किलोको नेल लगाइएको भन्दै बाबुरामको विरोध

शनिबार, ०७ असार २०७६, ०९ : ०८
शनिबार, ०७ असार २०७६

 काठमाडौं– राजपा नेता तथा सांसद रेशम चौधरीलाई उपचारको क्रममा १४ किलोको नेल र हत्कडी लगाइएको भन्दै समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईले विरोध गरेका छन् । 
उनले अस्पतालमा चौधरीलाई भेटेको एक तस्बिर सार्वजनिक गर्दै भनेका छन्, ‘१४ किलोको नेल र हत्कडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो ?’ 

 ‘हिजो निरंकुश राजतन्त्रले ‘आतंकवादी’र ‘अराष्ट्रिय तत्व’को आरोपमा यसरी नै गोलघरको यातना दिएका महानुभावहरूले अहिले उही हर्कत उत्पीडित थारू  आन्दोलनकारीहरूमाथि गर्नु कति विडम्बनापूर्ण !’ सरकार र नेताहरुप्रति कटाक्ष गर्दै भट्टराईले भनेका छन् ।

टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहेका सांसद चौधरीलाई मेरूदण्डसम्बन्धी उपचारका निम्ति अहिले वीर अस्पतालमा राखिएको छ । उनलाई नेल लगाइएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप