लुटतन्त्रको विरुद्धमा आवाज उठाउँदा छोरालाई मारियो : कुमार पौडेलका बुबा
सर्लाही- नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको भिडन्तमा बिहीबार मारिएको नभई हत्या भएको दाबी आफन्तले गरेका छन् । लालबन्दी–१ लखन्देही खोलादेखि पूर्वको जंगलमा बिहीबार दिउँसो गस्ती जाँदै गरेको टोलीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा गोली लागेर पौडेल मारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
४७ वर्षीय छोरा गुमाएका वाग्मती नगरपालिका–२ धरहराका ७२ वर्षीय खिलकराज पौडेल गहिरो शोकमा छन् । ‘मुलुकमा गणतन्त्र आएको छ कि छैन ? मेरो छोरालाई प्रहरीले समातेर गोली हानेको छ,’ उनले भने, ‘गोली हानेर मारेपछि पनि लास हेर्न दिएको छैन ।’ गणतन्त्रमा सबै विचारका पक्षधरले आफ्ना कुरा राख्न पाउनुपर्ने अधिकार रहेको उनले बताए । ‘राज्यका लागि केही गलतै गरेछ भने प्रहरीले पक्राउ गरेर कानुनी कारबाही चलाउनुको साटो समातेर गोली हानेर मार्न पाइँदैन,’ उनले भने, ‘निर्दोष र निःशस्त्र मान्छे मार्ने सरकार कसरी गणतन्त्रको पहरेदार हुन सक्छ ? मुलुकमा अहिले गणतन्त्र हैन लुटतन्त्र छ, यसको विरुद्धमा आवाज उठाउँदा छोरालाई नेकपाको केही नेताको उक्साहटमा मार्न लगाइएको छ ।’ कान्तिपुरमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण