शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कैलाली हावाहुरी पिडितको लागि जनता बैंकको आर्थिक सहयोग

शुक्रबार, ०६ असार २०७६, १७ : ३३
शुक्रबार, ०६ असार २०७६

काठमाडौं– गत जेठ २३ गते सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी आसपासमा आएको भिषण हावाहुरीमा परि पिडित हुनेहरुको लागि जनता बैंकको तर्फबाट नगद आर्थिक सहयोग प्रदान गरेको छ । 

धनगढी उपमहानगरपालिकाले संचालन गरेको ‘धनगढी उपमहानगरपालिका प्रकोप ब्यबस्थापन कोष’ लाई बैंकको तर्फबाट १ लाख ५० हजार नगद सहयोग उपलब्ध गराइएको हो । 

उक्त सहयोग रकमको चेक बैंकको सुदरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख मुकुन्दप्रसाद भट्टले धनगढी उपमहानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टलाई हस्तान्तरण गरे ।

उक्त रकम पिडितहरुको पुनःस्थापनाको क्षेत्रममा खर्च गर्ने बैंके जनाएको छ  ।  जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैविप्रकोप राहत लगाएत अन्य विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप