धनिराम पौडेलको सम्झनामा श्रद्धाञ्जली सभा
काठमाडौं– सत्तारूढ नेकपा निकट अनेरास्ववियूले आफ्ना पूर्वअध्यक्ष एवम् पूर्वशिक्षामन्त्री धनिराम पौडेलको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । गत जेष्ठ ३१ गते पूर्वमन्त्री पौडेलको चितवनको माडीस्थित घरमा हृदयघातका कारण निधन भएको थियो।
शुक्रबार राजधानीमा अनेरास्ववियू केन्द्रीय कमिटीले गरेको श्रद्धाञ्जली सभामा नेकपा नेता योगेश भट्टराई लगयतका नेतहरुले स्वर्गीय पौडेलको स्मरण गरेक छन् । श्रद्धाञ्जली कार्यक्रममा नेता भट्टराईले पौडेलको निधनले पार्टी र आन्दोलनलाई अपुरणीय क्षति भएको बताए ।
नेकपाका अर्का नेता लिलामणि पोखरेलले पौडेल एक असाध्यै अध्ययनशील, क्षमतावान र कर्मठ नेताको रुपमा विकास भइसकेका नेता भएको बताए ।
त्यस्तै श्रद्धाञ्जलीसभा अनेरास्ववियू (क्रान्तिकारी) का पूर्वअध्यक्ष रमेश मल्ल, अनेरास्ववियू संयोजक ऐन महर र अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले स्वर्गीय पौडेलको निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा