मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु बैंकको नयाँ शाखा ललितपुरको इमाडोलमा

शुक्रबार, ०६ असार २०७६, १५ : १३
शुक्रबार, ०६ असार २०७६

ललितपुर– प्रभु बैंक लिमिटेडले ललितपुर जिल्ला महालक्ष्मी न.पा. १ स्थित इमाडोलमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको छ ।

उक्त शाखाको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन गरे । बैंकको इमाडोल शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । 

मेयर श्रेष्ठले प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस इमाडोल शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिल्ने भएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप