विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलनका कार्यक्रम घोषणा
शुक्रबार, ०६ असार २०७६, १३ : ५४
१
काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या विरुद्ध ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
ओली नेतृत्वको सरकारले मुठभेडका नाममा देशव्यापी रुपमा निशस्त्र कार्यकर्ता माथिको हत्याश्रृंखला बढाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको महासचिव विप्लवले विज्ञप्तिमा जनाएका छन् ।
आन्दोलनका कार्यक्रमहरुमा असार ७ गते प्रचार–प्रसार, असार ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम तय गरिएको छ । विज्ञप्तिमा असार ५ गते भएको पौडेल हत्याकाण्डको छानविनको माग समेत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
-
नारायणगढ–मुग्लिन सडक एकतर्फी सवारी सञ्चालन
-
सुनसरी घटना : प्रहरीको गोली लागेर नागरिकको मृत्यु भएकोमा नेकपाद्वारा भर्त्सना
-
निजी अस्पतालहरूको सञ्चालक संस्थाले भन्यो: ओपीडी सेवा नचलाउनू
-
सुरुङमार्ग उद्घाटनप्रति व्यवसायी खुसी, तोकिएको शुल्कबारे पुनर्विचार गर्न माग
-
मोदीले जेनजीलाई सम्बोधन गरेको भिडियो फेसबुकले ब्लक गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण