शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सलमानले च्यानलसँग गरे ४०३ करोडको डिल, पछिल्लो वर्षको तुलनामा सय करोड वृद्धि

शुक्रबार, ०६ असार २०७६, १२ : २५
शुक्रबार, ०६ असार २०७६

बलिउड नायक सलान खान फिल्ममा अभिनय, विभिन्न उत्पादनको विज्ञापनका साथै पछिल्लो ९ वर्षदेखि रियालिटी शो बिग बसलाइ पनि होस्ट गरिरहेका छन् । कार्यक्रमको १३ औं सिजनमा पनि उनी देखिनेछन् । खास कुरा के हो भने यसपटक कार्यक्रमबाट उनको कमाईमा करिब सय करोड भारुको वृद्धि भएको छ ।

२६ एपिसोडका लागि पाइरहेका छन् ४०३ करोड भारुः

स्रोतलाई विश्वास गर्ने हो भने सलमान खानले च्यानलसँग  करिब ४०३ करोडको डिल गरेका छन् । हरेक विकेन्ड टिभीमा देखिनका लागि सलमानले करिब ३१ करोड (दुई एपिसोडका लागि) पाउनेछन् । शो १३ हप्तासम्म चल्नेछ र सलमान खान शनिबार र आइतबार मात्र देखिनेछन् । यो हिसाबले उनी कुल २६ एपिसोडमा देखिनेछन् ।

सलमान आफ्नै शो पनि बनाउन चाहन्छन्ः

गत वर्षको तुलनामा सलमानले आफ्नो पारिश्रमिक खासै बढाएका छैनन् । टिभी प्रोडक्सनमा सलमान खान तीब्र रुपमा आफूलाई विकास गर्न चाहन्छन् ।

स्रोतका अनुसार सलमान द कपिल शर्मा शो र नच बलिए ९ जस्ता कार्यक्रम निर्माण गरेपछि कलर्स च्यानल र एन्डेमोल प्रोडक्सन (बिग बस, खतरोंका खिलाडी, इन्डियाज नेक्स्ट सुपरस्टारका निर्माता) सँग मिलेर आफ्नो नयाँ शो ल्याउन चाहन्छन् । त्यसैले उनले यसपटक आफ्नो पारिश्रमिक धेरै बढाएका छैनन् ।

पछिल्लो सिजनमा पाए ३००–३५० करोडः

सलमानले सिजन ११ का लागि प्रति एपिसोडको ११ करोड भारु लिएको बताइन्छ । बिग बस १२ का लागि उनको पारिश्रमिक प्रति एपिसोड लगभग १२–१४ करोड भारु थियो । अर्थात्, पछिल्लो वर्ष उनले कार्यक्रमबाट करिब ३००–३५० करोड भारुको कमाई गरेका थिए ।

शोकाे चर्चासँगै बढाए शुल्कः

शोको चर्चासँगै सलमान खानको पारिश्रमिक वर्षैपिच्छे बढ्दै गयो । शोको सिजन ४ देखि उनले होस्टको जिम्मेवारी सम्हाले । सिजन ५ देखि ६ सम्म उनले प्रति एपिसोड लगभग २.५ करोड भारु लिए । सिजन ७ मा उनले आफ्नो पारिश्रमिक दोब्बर गरेर ५ करोड भारु प्रति एपिसोड लिए ।

बिग बस ८ का लागि सलमानले ५.५ करोड भारु प्रति एपिसोड लिए भने सिजन ९ मा उनको पारिश्रमिक ७–८ करोड भारु प्रति एपिसोड थियो । सिजन १० मा उनले प्रति एपिसोड ८ करोड लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप