शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोबाइलको विषयमा विवाद हुँदा पेटमा चक्कु प्रहार गरी युवकको हत्या प्रयास, आन्द्रा समेत काटियो

शुक्रबार, ०६ असार २०७६, १० : १३
शुक्रबार, ०६ असार २०७६

काठमाडौं । बिहीबार दिउँसो १२ बजे जडीबुटीमा दोलखा घर भएका २४ वर्षीय सुभाष बुढाथोकीमाथि चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

दोलखा घर भई जडीबुटी बस्दै आएका डिम्पल घिसिङ र सिनामगंल घर भएका आशिष बयालकोटीलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरकी प्रमुख एलिजा गिरीको कमाण्डमा खटिएको टोलीले दिउँसो ४ बजेतिर लोकन्थलीबाट पक्राउ गरेको हो । 

मोबाइलको विषयलाई लिएर विवाद हुँदा उनीहरुले बुढाथोकीलाई चक्कु प्रहार गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको कोटेश्वरकी प्रमुख इन्सपेक्टर गिरीले रातोपाटीलाई जानकारी दिइन् । 

चक्कु प्रहारबाट गम्भीर घाइते भएका बुढाथोकीको पेटको आन्द्रा समेत काटिएको प्रहरीले जनाएको छ । घटनालगत्तै बुढाथोकीलाई सहयात्री अस्पतालमा सामान्य उपचारपछि वीर अस्पतालमा रिफर गरिएको थियो । 

बुढाथोकीको अप्रेशन गर्नुपर्ने भएकार कारण वीर अस्पतालले पनि बुढाथोकीलाई अहिले टिचिङ अस्पताल रिफर गर्ने तयारीमा छ । 

घटना भएलगत्तै महानगरीय प्रहरी परिसर टेकु, महानगरीय अपराध महाशाखा र कोटेश्वरको प्रहरी टोली उनीहरुको खोजीकार्यमा परिचालन भएको थियो । ४ घण्टाको प्रयासपछि उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । 

प्रहरीका अनुसार तीनै जना पकेटमार रहेको खुल्न आएको छ । यसअघि पनि उनीहरु पकेटमारी गरेको आरोपमा पक्राउ पर्दै छुट्दै आएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप