शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरबाट ब्राउन सुगरसहित दुईजना पक्राउ

बिहीबार, ०५ असार २०७६, २२ : २१
बिहीबार, ०५ असार २०७६

भक्तपुर-महानगरिय प्रहरी परिसर भक्तपुरले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ  । पक्राउ पर्नेमा विहिबार चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटबाट सिन्धुपाल्चोक लिसंखुपाखर गाँउपालिका घर भई हाल भक्तपुर दुवाकोट बस्ने २६ वर्षको पुरण परियार र रुपन्देही घर भई हाल ऐ.बस्ने २३ वर्ष राधेश्याम बेलदार रहेका छन् । 

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ब्राउन सुगर जस्तो देखिने ५.५ ग्राम लागुऔषध उनीहरुलाई पक्राउ गरिएको परिसरका सूचना अधिकारी प्रवक्ता प्रनाउ रेवतीरमण पोखरेलले बताए ।

 भक्तपुर जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप