शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अछाममा नौ दिनदेखि १७ वर्षीया किशोरी बेपत्ता

बिहीबार, ०५ असार २०७६, २० : २०
बिहीबार, ०५ असार २०७६

खप्तड राष्ट्रिय निकुञ्जमा गङ्गादशहरा मेलामा गएकी एक किशोरी नौ दिनदेखि बेपत्ता भएकी छन् । 

अछामको साँफेबगर नगरपालिका–१२ खप्तड भेरासैनकी १७ वर्षीया देवीकुमारी रोकाया बेपत्ता भएकी हुन् । 

रोकाया गत जेठ २८ गते रातिदेखि हराएकी हुन् । गाउँकै साथीहरुसँग मेला भर्न गएकी रोकाया बेपत्ता भएको उनका बुबा धनबहादुरले बताए । 

खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र र अन्यत्र खोजी गर्दा फेला नपरेको उनले बताए । 

किशोरीको खोजी भइरहेको अछामका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए । 

उनी काडा भवानी मावि बाजुरामा कक्षा ९ मा अध्ययनरत रहेको रोकायाका काका रामबहादुर रावतले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप