
प्रधानमन्त्री कप क्रिकेट: प्रदेश ३ र एपीएफ विजयी

काठमाडौं– प्रधानमन्त्री कप महिला टी– ट्वेन्टी क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार प्रदेश नम्बर ३ र एपीएफ क्लब विजयी भएका छन् । महेन्द्रनगरमा जारी प्रतियोगिताको पहिलो खेलमा प्रदेश ३ ले कर्णाली प्रदेशलाई ९० रनले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ५६ रन बनाएको थियो ।
प्रदेश ३ का लागि अस्मिना कर्माचार्यले अविजित ४७ रन बनाइन् । बलिङका कर्णालीका सरिता जीसीले एक विकेट लिइन् । एक सय ५७ रनको विजयलक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा सबै विकेट गुमाएर ६६ रनमा समेटिएको थियो । प्रदेश ३ की खुसी डंगोल प्लेयर अफ दी म्याच घोषित भइन् ।
यसैगरी अर्को खेलमा एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई १० विकेटले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ९० रन बनाएको थियो । ९१ रनको विजयलक्ष्य पछ्याएको एपीएफले १०.६ ओभरका बिना विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
एपीएफको जितका कप्तान सीता रानामगरले अविजित ५१ रन बनाइन् । ज्योति पाण्डेले अविजित २८ रन बनाइन् । अर्धशतक पूरा गरेकी एपीएफकी सीता प्लेयर अफ दी म्याच भइन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ