केन्द्रीय संस्करण

गुण नियन्त्रण विभागका महानिर्देशक कर्णसहित १३ जनाविरुद्ध आरोपपत्र दायर

person explore access_timeअसार ५, २०७६ chat_bubble_outline0

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिवकुमार कर्णसमेत १३ जना उपर विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

महानिर्देशक कर्णसमेतले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट खरिद गरिएको चारवटा प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा कमिशन खाएको आरोपमा आरोपपत्र दायर गरिएको हो । 

अख्तियारले आरोपपत्र दायर गरेकाहरुमा कर्णसहित, बरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायब सुब्बा गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटारका उपसचिव (लेखा) गणेश प्रसाद चालिसे, लेखापाल बालाराम पोख्रेल, तत्कालीन परियोजना निर्देशक नरहरिप्रसाद घिमिरे, बरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, बरिष्ठ योजना अधिकृत तिलकराज चौलागाई, परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल र बरिष्ठ अनुगमन मूल्याङ्कन अधिकृत इन्द्रहरि पौडेल र   प्रविण कुँवर कुँवर रहेका छन् । 

कर्ण लगायतले भ्यान कार्यालयमा प्राप्त भएको भनी प्रगति देखाई रकम भुक्तानी गरेको, भ्यानको स्वीकृत मापदण्ड नपुगी सार्वजनिक ऐन नियमको उल्लंघन गरी अनियमितता गरेको आरोप लगाइएको छ । उनीहरुले आफ्नो स्वार्थमा नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई चार थान प्रयोगशाला मोबाइल भ्यानको भुक्तानी दिने गरी दुइ पटकमा जम्मा २४ करोड ८० लाख ९५ हजार ११६ रुपैया  हिनामिना गरेको समेत किटान गरिएको छ ।

अरोपपत्रमा सोही बमोजिमको सजायको मागदावी गरिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.