मिस टुरिजम–२०१९ को आवेदन खुल्ला
काठमाडौँ । मिस टुरिजम–२०१९ को आवेदन असार ६ गते शुक्रवारबाट खुल्ला गरिएको छ । मिस टुरिजमको आयोजक संस्था प्वाईन्ट मिडिया प्रा.लि.ले पत्रकार सम्मेलनको आयोजना गरि यस वर्षको मिस टुरिजमको आवेदन खुल्ला भएको जनाएको छ ।
प्वाईन्ट मिडियाले सन् २०१६ देखि नेपालमा मिस टुरिजमको आयोजना गर्दै आईरहेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्ने, सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्यले ‘मिस टुरिजम–२०१९’ को आयोजना गरिएको प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले बताए ।
यो कार्यक्रमले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तिकरण र नेपाली नारीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउनेछ भन्ने विश्वास आयोजकको छ ।
आगामी साउन २५ (अगस्ट १०) का दिन आयोजना हुने ‘मिस टुरिजम–२०१९’ का लागि असार ६ गते शुक्रवारवाट देशभर आवेदन खुल्ला गरिएको हो । १८ देखि २५ वर्ष उमेर समूहका अविवाहित नेपाली महिलाहरुले आगामी असार २० गतेसम्म आवेदन दिन पाउने प्रबन्ध निर्देशक काफ्लेले बताए । आवेदन दिने मिति सकिएपश्चात काठमाडौंका साथै पर्यटकियस्थलहरु पोखरा र चितवनमा समेत अडिसन लिइनेछ ।
मिस टुरिजम–२०१९ लाई नगद पचास हजार रुपैयाँ, मिस टुरिजम फस्ट रनर अप–२०१९ लाई ३० हजार रुपैयाँ र मिस टुरिजम सेकेण्ड रनर अप–२०१९ लाई नगद २० हजार रुपैयाँ प्रदान गरिनुका साथै विभिन्न ब्राण्डका एम्बेसडर बन्ने अवसर दिइने प्रबन्ध निर्देशक काफ्लेले वताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका राजालाई स्वागत गर्दै लिङ्देनले भने, ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’
-
रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीलाई नेपालमा लगानी गर्न आग्रह
-
कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा
-
झापामा ब्राउन सुगरसहित एक पक्राउ
-
प्रकाश दाहालको स्मृतिमा अन्तरपालिका भलिबल हुने
-
‘पहिले ...देश छोड भन्थ्यौँ, अब आफैँले छोड्नुपर्ने बेला आयो’