राजधानीको स्मार्ट पार्किङमा जे देखियो
उपत्यकाभित्र जथाभावी पार्किङ गरिँदा सवारी जामलगायतका विभिन्न समस्या हुने गरेको भन्दै काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा सहज रुपमा स्मार्ट पार्किङको सुविधा ल्याएको छ ।
बढी अव्यवस्थित पार्किङ हुने तथा कारबाहीमा पर्ने स्थान वीर अस्पताल र न्युरोड क्षेत्रमा एपबाटै बुकिङसमेत गर्न सक्नेगरी निश्चित संख्यामा पार्किङको व्यवस्था गरिएको महानगरले जनाएको छ ।
बिहीबार दिउँसो रातोपाटीकर्मी न्यूरोडस्थित शुक्रपथ र धर्मपथ पुग्दा स्मार्ट पार्किङमार्फत सवारी साधनको व्यवस्थापन भइरहेको थियो । करिब १५ जनाले त्यहाँको सवारी साधनको व्यवस्थापन गरिरहेका थिए ।
केहि दिनअगाडि परीक्षणस्वरुप सुरुवात गरिएको सशुल्क स्मार्ट पार्किङ सेवा आइतबारबाट सञ्चालनमा आएको हो । स्मार्ट पार्किङका सञ्चालक कम्पनी ह्विल्स ट्रलीले पहिलो चरणमा विशाल बजार र धर्मपथमा यो सेवा उपलब्ध गराएको हो ।
त्यसपछि क्रमशः न्यूरोडको प्यूखा, पाको र दरबारमार्गमा उपलब्ध हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
४ प्रतिक्रिया
भर्खरै
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)