शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकले थप्यो १७ शाखारहित बैंकिङ्ग सेवा, जम्मा संख्या १५५ पुग्यो

बिहीबार, ०५ असार २०७६, १८ : ४९
बिहीबार, ०५ असार २०७६

काठमाडौं– ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले सिराहा जिल्लाको सिराहा नगरपालिका– १९ सन्हैठा चोक, कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका– १ रेगिल, पर्सा जिल्लाको पर्सागढी नगरपालिका– १ मनवा बजारमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो  ।

त्यसैगरी, पर्वत जिल्लाको मोदी गाउँपालिका– ७ राम्जा ठाँटी, परासी जिल्लाको सुनवल नगरपालिका– ११ जर्गाहा, संखुवासभा जिल्लाको चैनपुर नगरपालिका– ११ लोहाकोट, पाल्पा जिल्लाको पुर्वखोला गाउँपालिका– ५ वीरकोट, गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका– १४ पराल्मी, मोरङ्ग जिल्लाको बेलबारी नगरपालिका– १० चाँदनी चोक एव्म बेलबारी नगरपालिका– ११ लक्ष्मीमार्ग, झापा जिल्लाको मेचीनगर नगरपालिका–२ भृकुटी चोक, तनहूँ जिल्लाको देबघाट गाउँपालिका– २ देबघाट, उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका– ९हडिया बजार, तनहूँ जिल्लाको व्यास नगरपालिका– ५ नेपालटार, चितवनको इच्छाकामना गाउँपालिका– ७ भालुमारे र कालिका नगरपालिका– ९ शक्तिखोर र गुल्मी जिल्लाको सत्यवती गाउँपालिका– ६ चोरकाटेमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । 

यी १७ वटै शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन भएका छन् । थप १७ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएपछि हाल बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या १५५ पुगेको छ । 

यसका साथै बैंकले दमक शाखा, काठमाडौं, कपनको साततले र वीरगंज स्थित नारायणी सब रिजनल अस्पताल परिसरमा ए.टी.एम. सेवा पनि सञ्चालनमा ल्याएको छ ।  शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डीस होम/सिडएिमए/यूटीएल/एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् । 

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप