दश महिनामा ५५ अर्बको शेयर सूचीकृत
काठमाडौं– चालू आर्थिक वर्षको दश महिनामा कूल रु ५४ अर्ब ९६ करोड बराबरको धितोपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीमा’ दश महिनामा रु २४ अर्ब ७५ करोड बराबरको साधारण शेयर सूचीकृत भएको छ ।
यस्तै रु नौ अर्ब २२ करोड बराबरको हकप्रद शेयर, रु २० अर्ब २४ करोड बराबरको शेयर लाभांश र रु ७५ करोड १७ लाख बराबरको ऋणपत्र गरी रु ५४ अर्ब ९६ अर्ब बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
नेपाल स्टक एकसचेञ्जमा सूचीकृत शेयरको चुक्तामूल्य रु चार खर्ब १५ अर्ब २१ करोड पुगेको बैंकले जनाएको छ । स्टकमा सूचीकृत कम्पनीको सङ्ख्या गत वैशाख मसान्तसम्म २०९ पुगेका छन् । सूचीकृत कम्पनीमध्ये १५० बैंक तथा वित्तीय संस्था, १९ वटा बीमा कम्पनी छन् । यस्तै कूल १९ वटा उत्पादन र प्रशोधन उद्योग, २८ वटा जलविद्युत् कम्पनी र चार÷चार वटा होटल तथा व्यावसायिक संस्था र चार वटा अन्य समूहका रहेका छन् ।
पुनरकर्जाको उपयोग बढ्यो
उत्पादनशील क्षेत्रतर्पm कर्जा प्रवाह तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । गत वैशाख मसान्तसम्ममा नेपाल राष्ट्र बैंकको रु २५ अर्ब २८ करोड पुनरकर्जा लगानीमा रहेको छ ।
त्यसमा साधारण पुनरकर्जा रु २१ अर्ब ५४ करोड र निर्यात पुनरकर्जा रु एक अर्ब १९ करोड उपयोग भएको छ । यस्तै भूकम्प पीडितलाई आवासीय घर निर्माणको लागि वैशाख मसान्तमा रु दुई अर्ब ५१ करोड उपलब्ध गराइएको छ । त्यस्ता कर्जा एक हजार ५७७ जना ऋणीले उपयोग गरेको बैंकले जनाएको छ ।
‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ बमोजिम प्रवाह गरिएको कर्जामध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा लिनेको संख्या १५ हजार ५४७ पुगेका छन् । सरकारले सहुलियतपूर्ण कर्जाका लागि कुल रु एक अर्ब १६ करोड ब्याज अनुदान प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा