२८ स्थानीय तहमा अझै पुगेन बैंक
काठमाडौं– २८ वटा स्थानीय तहमा अझैपनि वाणिज्य बैंकहरुको शाखा पुगेको छैन । ७५३ स्थानीय तहमध्ये हालसम्म ७२५ स्थानीय तहमा बाणिज्य बैंकको शाखा पुगिसकेको छ । सरकारले सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउने लक्ष्य लिएको २ वर्षमा अझै पनि सबै स्थानीय तहमा बाणिज्य बैंक पुग्न सकेको छैन ।
प्रदेश १ को ३ वटा स्थानीय तहमा बाणिज्य बैंकको शाखा अझै पुग्न सकेको छैन । यहाँ १३७ स्थानीय तह छन् । यस्तै १३६ वटा स्थानीय तह भएको प्रदेश २ मा १३४ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । ११९ स्थानीय तह भएको प्रदेश ३ मा दुइ स्थानीय तहमा बैंक छैन ।
गण्डकी प्रदेशमा पनि दुई स्थानीय तहमा बैंकको शाखा छैन । यस प्रदेशमा ८५ वटा स्थानीय तहमध्ये ८३ स्थानीय तहमा बैंकको शाखा पुगेको छ । प्रदेश पाँँचको भने सबै स्थानीय तहमा बैंक पुगेको छ । यहाँ ११९ स्थानीय तह छन् ।
यता ७९ वटा स्थानीय तह भएको कर्णाली प्रदेशमा १२ स्थानीय तहमा बैंक छैन । सुदुरपश्चिम प्रदेशमा ६ वटा स्थानीय तहमा वाणिज्य बैंकको शाखा छैन । यस प्रदेशमा ८८ वटा स्थानीय तह छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारद्वारा अपाङ्गता भएका व्यक्तिको समस्या समाधान गर्न कार्यदल गठन
-
उत्तर पुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण
-
टीआरसीको बहानामा देउवा–प्रचण्ड भेटले जन्माएको आशङ्का !
-
सुस्त मनस्थितिकी बालिकालाई करणी गर्ने युवकविरुद्ध मुद्दा
-
सुदूरपश्चिम सरकारद्वारा मुक्तकमैया हलिया कमलरी पुनर्स्थापना कार्यविधि पारित