शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नवकिरण अनाथ असाहाय बाल उत्थान समाजलाई हिमालयन बैंकको सहयोग

बिहीबार, ०५ असार २०७६, १६ : ३५
बिहीबार, ०५ असार २०७६

काठमाडौं– नवकिरण अनाथ असाहाय बाल उत्थान समाजलाई हिमालयन बैंकले खाद्यान्न सहयोग उपलब्ध गराएको छ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिका २३ हात्तीवन स्थित ‘नवकिरण अनाथ असाहाय बाल उत्थान समाज’ का वालवालिकाहरुलाई सहयोग प्रदान गरेको हो ।

बैंकले समाजका ४२ जना बालबालिकाहरुका लागि खाद्यान्नहरु (चामल, दाल, खाने तेल, चिउरा, चना, विस्कुट आदि) प्रदान गरेको छ । उक्त समाजले विभिन्न स्थानबाट ल्याइएका निकै साना अनाथ बालबालिकाहरु तथा विभिन्न उमेर समुहका बालबालिकाहरुलाई आश्रय तथा उचित शिक्षा प्रदान गर्ने गरेको छ । 

बैंकका तर्फवाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामाग्रीहरु हस्तान्तरण गरे ।

बैंकले आफ्नो स्थापनाकाल देखिनै अनाथालय, बृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मुलक कार्यक्रमहरु आदिमा समय समयमा विभिन्न किसिमका सहयोग र राहत सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप