मनसुन शुरुः देशभर फैलिन केही दिन लाग्ने
नेपालमा आजदेखि मनसुन शुरु भएको छ । मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया मनसुन जुन १० (जेठ २७ तिर) मा प्रवेश गर्छ । यस आधारमा यस वर्षको मनसुन १० दिन ढिलो भएको महाशाखाले जनाएको छ ।
साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महीनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि मानिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करीब ८० प्रतिशत वर्षा हुने गर्छ ।
साउथ एशियन क्लाइमेट आउटलुक फोरम १४ मा आकलन गरिएअनुसार यस वर्षको मनसुनी वर्षा नेपालका प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही पश्चिमी भूभागमा औसतभन्दा कम हुने अनुमान महाशाखाको छ ।
सामान्यतया सरदर वर्षा भन्नाले स्थानविशेषको लामो समय ९करीब ३० वर्ष०को औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९० देखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिकतम वर्षा भएको मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : चौथो जितसँगै बागमती प्रदेश पहिलो स्थानमा
-
आलोचनापछि गृहमन्त्री लामिछानेले भने : हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन
-
नौ महिनामा नेपालीले ‘राष्ट्रिय फल’ सुन्तला कति खाए ?
-
यसरी समातियो शृङ्खलाबद्ध सहकारी चोरीमा संलग्न ‘फाखेल ग्रुप’
-
कतारलाई हात्ती उपहार दिने निर्णय नै अन्योलमा
-
कर्णालीमा अध्ययन गर्नुपर्ने थुप्रै पुस्तक छन्: प्रदेश प्रमुख परियार