बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकद्वारा म्याग्दीको तातोपानी कुण्ड व्यवस्थापन समितिलाइ आर्थिक सहयोग

बिहीबार, ०५ असार २०७६, १६ : २८
बिहीबार, ०५ असार २०७६

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्याग्दीको सदरमुकाम बेनी बजारमा रहेको प्राकृतिक उपचार केन्द्र तातोपानी कुण्ड व्यवस्थापन समितिलाई भौतिक पूर्वाधारहरूको विकाशको लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । 

प्राकृतिक उपचार केन्द्र तातोपानीमा आउने विरामी, स्थानिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई लक्षित गरी भौतिक पूर्वाधारहरूको निर्माणार्थ उक्त रकमको प्रयोग गरिने कुरा आयोजित कार्यक्रममा समितिद्वारा जानकारी गराईएको छ । 

यस किसिमको सहयोगबाट देश तथा विदेशबाट उक्त कुण्डमा आउने पर्यटकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक  आदि  जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप